
Pbu
cjs
sbs
Ggp
Unsku
Srbpu
Djs
pku
Gfs
Rgp1
Lnp
Pes
Rgp
Sgr

Rgu
Rgu
Ksm
Tsm
nsb
Vor
Rsb
Gst
Ggd
Asm
Bbbpu
Sbs
Sls
Bbu
Hal
Pvg
Wsp
Rgs
Ssm

Pls
Mks
Syp
Bml
Jmb
Rmb
Ptm
Jmb
Abd
Rpp
Gsb
bbt
sab
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ सिक्टामा एक दिने नि:शुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
पशु तथा मत्स्य विकास शखा राजपुरको प्राविधिक सहयोग तथा राजपुर गाउँपालिका वडा नम्बर ७ को आयोजनामा भएको शिविर कार्यक्रममा कृषकलाई पशुमा लाग्ने विभिन्न रोगको परिक्षणको आधारमा नि:शुल्क औषधि वितरण गरिएको थियो । त्यस्तै बोकाहरुलाई बन्ध्याकरण गर्ने र पशुको विभिन्न रोग पहिचान गरि सोही आधारमा इन्डेक्सन लगाइएको थियो ।
राजपुर गाउँपालिका वडा नम्बर ७वडा अध्यक्ष पुष्कर ओलीको अध्यक्षता तथा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती देवी यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि यादवले आगामी दिनमा वडा स्तरमामा पशु स्वास्थ्य शिविरहरु संचालन गर्दा किसानलाई पायक पर्नेगरि शिविर संचालन गर्नु पर्ने बताउनु भएको थियो ।
त्यस्तै उहाँले आगामी दिनमा यस्ता नि:शुल्क पशु स्वास्थ्य शिविर कार्यक्रमहरु राजपुर गाउँपालिकाको प्रत्येक वडा पालिका भित्रमा संचालन गर्नको लागि राजपुर गाउँपालिकादेखि निरन्तर सहयोग गर्ने बताउनु भएको छ ।
वडा सदस्य प्रमोद बस्नेतको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रमको संचालन राजपुर पशु स्वास्थ्य शाखाका प्रमुख दिपक कुमार राना मगरले गर्नु भएको थियो । 
