दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा नि:शुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम बुधबार सम्पन्न भएको छ ।वडा नम्बर २ का वडा सदस्य गणेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको शिविर कार्यक्रममा कृषकहरु पुरण प्रसाद यादव र कौशिला बिकलाई वडा सदस्य चौधरीले औषधि हस्तान्तरण गरेर शिविरको उद्घाटन गर्नु भएको थियो ।त्यस्तै सो शिविर कार्यक्रममा २०० बढी कृषकलाई सेवा प्रदान गरिएको थियो ।
कार्यक्रममा पशु स्वास्थ्य शाखा राजपुरका प्रमुख दिपक कुमार राना मगरले पशुमा लाग्ने विभिन्न आन्तरिक र बाहिरी परजीवी रोगहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
पशु तथा मत्स्य विकास शखा राजपुरको प्राविधिक सहयोग तथा राजपुर गाउँपालिका वडा नम्बर २ को आयोजनामा सम्पन्न भएको कार्यक्रमको संचालन वडा नम्बर २ का वडा सचिव दुर्गा यादवले गर्नु भएको थियो ।
त्यस्तै उक्त दुई नम्बर वडा कार्यालयको आयोजनामा मंगलबार अस्ति मटेरियाका १५० जना कृषकलाई पिपल डाँडामा नि:शुल्क औषधि वितरण गरिएको थियो भने कृषकलाई परामर्श दिइएको वडा सचिव दुर्गा यादवले जानकारी दिनु भयो ।