
Ksm
Gmk
Anm
Mbdvs
Rbs
Sds
Pbu
Gisld
mbd

Sbs
Sls
Hal
Ggd
Ssm
Rgu
Bbbpu
Bbu
Asm
Vor
Rsb
Rgs
Pvg
nsb
Gst
Tsm
Rgu
Wsp
Ksm

Bml
Abd
Pls
bbt
Mks
Rmb
Gsb
Ptm
Rpp
Jmb
Jmb
Syp
sab
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ रक्षाचौरमा देखिएको उत्साहले आँखाको ज्योति आम नागरिकहरुलाई फिराउँदै छ भन्ने विश्वास देखिएको छ । सामान्य मोतियाबिन्दुको शल्यक्रियाका लागि काठमाडौँ जाने बिरामीहरुलाई निःशुल्क सेवाको उद्घोषसँगै नयाँ ओपिडी भवनमा विभिन्न विशेषज्ञ सेवा पनि विधिवतरुपमा सञ्चालनमा आएका छन् ।
नागरिकहरुले सुपरस्पेशलिष्ट सेवा खोजेसँगै नेपाल नेत्रज्योति संघले पनि आधुनिक चिकित्सा पद्धतिलाई राप्ती आँखा अस्पतालमा सुरुआत गरेको छ । त्यही कारण मोतियाबिन्दुका बिरामीलाई फेको प्रविधि पनि ल्याइसकेको छ । फेकोमा स्थानीय सरकारले अनुदान अझै दिएका छैनन् तर पनि सो अस्पतालले न्यूनतम खर्चमा नागरिकलाई सेवा दिने उद्घोष गरेको छ । त्यो सुविधासँगै अब राप्ती आँखा अस्पतालमा सुपरस्पेशलिष्ट सेवा पनि नयाँ भवनबाट सुरुआत भइसकेको छ ।
राप्ती आँखा अस्पतालमा तिलगंगा अस्पताल र त्रिपुरेश्वर अस्पतालका जस्तै विज्ञ चिकित्सकहरु आइसकेका छन् । अब यहाँका बिरामीहरुलाई आँखा स्वास्थ्य सेवाका लागि अन्यत्र जानुपर्ने छैन । यहाँको अस्पताल सामुदायिक सरहको अस्पताल हो । दाताको सहयोगले चलेको छ । दाता कोही विदेशी संस्था पनि हुन सक्छन्, धेरै नेपाली मनहरु आँखा स्वास्थ्यको आधुनिक उपचार पद्धतिमा जोडिएका छन् ।
विशेषज्ञ सेवा एउटा पक्ष होला एकेडेमिक कक्षा पनि राप्ती आँखा अस्पतालले चलाइरहँदा डाडुपन्यु ती विद्यार्थीहरु भएका छन् । विद्यार्थीहरुको उत्साह र उर्जालाई सम्बोधन गर्दै स्थानीय पालिकाले आँखा जोन बनाउन आवश्यक भएको पनि बताएका छन् । आँखा त्यसै बिरामी हुन्न, त्यसका लागि सहजीकरणमा पनि आँखा अस्पतालले भूमिका निर्वाह गर्नुपर्ने सहभागीहरुको सुझाव थियो । राप्ती आँखा अस्पताललाई नन–रिफरेबल सेन्टर बनाउनेमा पनि धेरै सहभागीको आकांक्षा थियो ।
नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको नवनिर्मित ओपिडी भवनको उद्घाटन भएको छ । करिब ३ करोडको लागतमा अस्पतालको सुविधासम्पन्न भवन बनेको हो ।
दातृ निकाय एनएवीपी नर्बेको ७७ लाख ५२ हजार, दाता प्रकाश आचार्यको परिवारबाट ३५ लाख, क्षेत्र विकास कोष तत्कालीन क्षेत्र नं. ४ को १८ लाख ९९ हजार तुलसीपुर उपमहानगरपालिकाको ९८ लाख ५० हजार, स्व. डा. अल्वर्टकी धर्मपत्नी सिसेलको ८ लाख ९७ हजार, एलिजावेथ अकसुमका साथीहरुबाट ७० हजार तथा अस्पतालको आन्तरिक स्रोतबाट र विविध आम्दानीबाट गरी करिब ५ करोड रकमबाट भवन निर्माण भएको भवन निर्माण समितिका अध्यक्ष सुरेन्द्रबहादुर खड्काले जानकारी गराएका थिए ।
भवन निर्माणसँगै अब अस्पतालमा रेटिना, अकुलोप्लाष्टिक कर्नियासम्बन्धी आँखाको रोगको विभाग र माथिल्लो तलामा ओटी शल्यक्रिया कक्ष निर्माण हुने बताएको छ । पुरानो भवनमा सेवा प्रवाहमा कठिनाई भएको र अब नयाँ भवन बनेसँगै सेवा प्रवाहमा सहज हुने प्रमुख प्रशासक शम्शेर थापाले बताए ।
भवनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले राप्ती आँखा अस्पतालका लागि प्रदेश सरकारले छिट्टै एउटा नयाँ भवन निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले आगामी बर्षमा अस्पतालको अर्को भवन बनाउन प्रशस्त बजेट दिने बताए । ‘संघीय सरकारको नजर गेटा आँखा अस्पतालमा मात्रै छ, म राप्ती आँखा अस्पतालमा पनि परोस् भन्न चाहन्छु’, उनले भने । उनले दाङको राप्ती आँखा अस्पताललाई सहयोग गर्न आग्रह गरेका थिए ।
नेपाल नेत्रज्योति संघका सभापति कृष्णकुमार गिरीको अध्यक्षता तथा मन्त्री चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्त्री चौधरीले आँखा हामी मानव शरीरको अभिन्न अंग भएकोले आँखा अस्पताललाई अझ थप सेवा बिस्तार गर्नेमा आफू पछि नहट्ने बताएका थिए ।
त्यस्तै उनले नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित राप्ती आँखा अस्पताल बहादुरगञ्ज सँगसँगै सहकार्य गरेर हिँड्न तयार रहेको बताएका थिए । मन्त्री चौधरीले राप्ती आँखा अस्पतालका लागि गत आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरेको पनि स्मरण गरे । साथै मन्त्री चौधरीले राप्ती आँखा अस्पतालसँग आफ्नो गहिरो सम्बन्ध रहेको पनि बताए ।
त्यस्तै मन्त्री चौधरीले आँखाको ज्योति फर्काएर संसार देखाउने डाक्टर, नर्स र अस्पताल प्रशासनलाई धन्यवाद दिएका छन् । कार्यक्रममा संविधानसभा सदस्य बुद्धिराम भण्डारीले राप्ती आँखा अस्पतालले यतिका धेरै फड्को मारेको देख्दा आफूले ज्यादै गर्वको महशुस गरेको बताए । ‘यस अस्पतालले सानो भवनबाट शुुरु गरेको थियो, अहिले अत्याधुनिक भवनबाट उसले बिरामीहरुलाई विशेषज्ञ सेवा प्रदान गर्न सुरु गरेको छ यो हामी दाङवासीका लागि निकै भाग्य र खुशीको कुरा हो’, उनले भने ।
कार्यक्रमका विशिष्ट अतिथिसमेत रहेका भण्डारीले अस्पतालको भौतिक पूर्वाधारदेखि लिएर अन्य सेवा विस्तारका लागि आफूले सधैभरी तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै विशिष्ट अतिथि प्रदेश सभा सदस्य शंकर गिरीले राप्ती आँखा अस्पताले दिँदै आएको सेवा प्रभावकारी भएको भन्दै अस्पतालको विकासका लागि आफूहरु लाग्ने बताएका थिए । उनले राप्ती आँखा अस्पतालको विकासका लागि आफूले सबै किसिमको सहयोग गर्ने बताए ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्रा.डा. चेतराज पन्तले नेपाल नेत्रज्योति संघ दाङले सञ्चालन गरेका अस्पतालहरुले उत्कृष्ट सेवा दिएको भन्दै सबैको साथ र सहयोग लिएर अगाडि बढेको बताए । उनले देशमै नमुनायोग्य काम अस्पतालले गरेको बताए । उनले बिरामी नै भगवान भएको भन्दै बिरामीहरुलाई खुसी गराउनतर्फ लाग्न चिकित्सक कर्मचारीलाई अनुरोध गरे ।
कार्यक्रममा संघका केन्द्रीय कोषाध्यक्ष दोर्ण गुरागाई, जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरी, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, एनएवीपी नेपालका कार्यक्रम व्यवस्थापक सुरेखा गुरुङ गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरी, नेपाली कांग्रेस दाङका सचिव बालिका लम्साल, दाता नारायण आचार्य, नेपाल नेत्रज्योति संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष लिला शाह, भवन निर्माण समितिका अध्यक्ष सुरेन्द्रबहादुर खड्का, वडा नं. ४ का वडाध्यक्ष तुलसी थापा, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका अध्यक्ष पदम न्यौपाने, चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवाल, राप्ती आँखा अस्पतालका मेसु डा. सन्तोष सुवेदीलगायतले बोलेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासक शम्शेर थापाले अस्पतालको भावी गुरुयोजना र भवन निर्माणको बारेमा प्रकाश पारेका थिए । नेपाल नेत्रज्योति संघका उपसभापति रेशमबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा निर्माण समिति विभिन्न सहयोग गर्ने संघसंस्था र व्यक्तिलाई सम्मान गरिएको थियो ।
अन्ततः राप्ती आँखा अस्पतालको स्थायी स्वामित्व देखिएको छैन । वर्तमान नेत्रज्योति संघले बढी पहल गरेको छ,त्यो संस्थाका लागि होइन,आम नागरिकलाई सहज आँखा स्वास्थ्य सेवाका लागि हो । यसमा स्थानीय वडा सरकारदेखि सबै तहका सरकार गम्भीर हुन आवश्यक छ । राप्ती आँखा अस्पताल नाफा कमाउने अस्पताल होइन, सहयोगले चलेको अस्पताललाई तीनै तहका सरकारले सहयोग गर्न पनि नेपाल नेत्रज्योति संघ तथा कार्यक्रमका अध्यक्ष कृष्ण कुमार गिरीले आह्वान गरेका छन् ।
