
Ggp
Rgp
ksb
Rgp
Asb
Rgp
Dus
Jns
Sgp
Usb
Dbs
Lks
Rgp
Pbu
Lnp
Ggp
lnp


दाङ । तुलसीपुरका पहाड दोहन गर्नकालागि अनुमति लिने प्रक्रिया अघि बढेको छ । तुलसीपुर ५ स्थित सुनगाभा माईन्स प्रालिलाई तुलसीपुको वडा नं. ३ र ४ मा पर्ने पहाडबाट चुनढुंगा उत्खनन् गर्नकालागि अनुमति दिने प्रक्रिया अघि बढेको पाईएको छ ।
प्रालिले चुनढुंगा उत्खनन्कालागि पेश गरेको खानी योजना(माईनिङ स्कीम) तथा प्रारम्भीक वातावरणीय परीक्षण(आईईई) को टीओआर दुबै खानी तथा भुगर्भ विभागले स्वीकृत गरिसकेको छ ।
गएको जेठ २७ गते विभागीय निर्णयले स्वीकृत गरिसकेको पत्र जिल्ला बन कार्यालय दाङमा आएर अहिले तुलसीपुर सव डिभिजन बन कार्यालयमा त्यो पत्र पुगेको छ । असार ५ गते विभागले जिल्ला बनमा सो पत्र पठाएको र बनले तुलसीपुर सब बन डिभिजनलाई असार ८ गते आबश्यक प्रक्रियाकालागि निर्देशन दिएको छ ।
अब तुलसीपुर सब बन डिभिजन कार्यालयले प्रालिको माग गरेको जग्गाको स्थलगत निरीक्षण र जाँचबुझ गरि सोको क्षेत्रफल, चार किल्ला, नापी फिल्डबुक एवं नक्सा, जीपिएस कोअर्डिनेट बिवरण र गुगल नक्शा, सो जग्गामा पर्ने बन स्रोत सर्वेक्षण गर्ने छ । सो कुरा जिल्लाको डिभिजन बन अधिकृतले प्रमाणित गर्नेछन् । आईईकालागि तुलसीपुर उपमहानगरपालिका वडा नं.३, र ४ उपमहानगरपालिका कार्यालय तथा त्यहाँको सामुदायिक बन उपभोक्ता समूहमा पुग्नेछन् ।
यदि वडा कार्यालय, उपमहानगरपालिका र त्यहाँको सामुदायिक बन उपभोक्ता समितिले अस्वीकार गरेमा उत्खनन्कालागि अनुमति पाउने छैनन् । त्यहाँको करिब ९ किलोमिटर क्षेत्रफलबाट चुनढुंगा उत्खनन् गर्ने गरि २०६९ भदौ १ गतेदेखि प्रालि अनुमतिको लागि प्रक्रियामा छ । तर, त्यो प्रक्रिया पूरा हुन सकेको छैन । यदि त्यहाँ चुनढुंगा उत्खनन् भएमा तुलसीपुर,अमृतपुर र बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई असर पुर्याउने भन्दै यसको विरोध हुने गरेको छ ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था पटक–पटक खानी विभाग,बन बिभागमा डेलिगेशन गएको छ । अध्यक्ष यमकान्त भण्डारीका अनुसार विभागमा जाँदा प्रक्रियागत रुपमा आएकाले सोही अनुसार अगाडी बढ्ने र सम्बन्धित वडा र स्थानीय तह तथा उपभोक्ताले अस्वीकृत गर्न चाहेमा अस्वीकृत हुने गरि प्रतिक्रिया दिएको बताए ।‘हामी विभागमा जाँदा विभागले प्रक्रिया अनुसार आएकाले सोही अनुसार प्रक्रिया अगाडी बढ्छ, त्यसमा स्थानीय सरकारले चाहेमा अस्वीकृत हुन सक्छ, भनेर प्रतिक्रिया दिनु भएको छ’,उनले भने‘अब हामी त्यही अनुसार स्थानीय तहलाई झक्झक्याउने छौं ।’
चुनढुंगा भएकै कारण पानीका मुहानहरु संरक्षण भइरहेको भन्दै यदि त्यहाँबाट चुनढुंगा उत्खनन् भएमा पानीका मुहान सुक्ने र तुलसीपुर काकाकूल हुने भन्दै यस बिषयमा आफूहरुले कुनै पनि हालतमा उत्खनन् हुन नदिने अध्यक्ष भण्डारीको भनाई छ । उनका अनुसार अहिले त्यस क्षेत्रका ७ वटा मुहानबाट तुलसीपुरमा खानेपानी ल्याईएको छ । ति मुहानहरुले नै अहिले तुलसीपुरमा खानेपानीको आपूर्ति गरेको भन्दै ति मुहान सकेमा तुलसीपुरमा खानेपानी आपूर्तिमा समस्या हुने उनको भनाई छ ।
त्यस्तै लाईसेन्स नं. हो– १८-०६९-७० मा जुन २०६९ सालदेखि खानी तथा भूगर्भ विभागमा अनुमतिको प्रक्रियामै छ । त्यो लाईसेन्स प्रक्रिया आगामी बर्ष २०७९ साउन ३० गते सकिदैछ । अग्रिमसाप्ताहि
