
Rgp1
Srbpu
Rgp
Lnp
Ggp
Sgr
Unsku
Pbu
pku

Pvg
Asm
Sls
Rsb
Rgs
nsb
Sbs
Tsm
Rgu
Gst
Vor
Hal
Ksm
Bbbpu
Bbu
Ssm
Ggd
Rgu
Wsp

Rmb
Abd
Rpp
Pls
Ptm
Syp
Bml
sab
Gsb
bbt
Jmb
Mks
Jmb
दाङ । विभिन्न सिमेन्ट उद्योगको कच्चा पदार्थ चुनढुङ्गा उत्खनन् तथा ढुवानीका विषयमा भएको पछिल्लो घटनाक्रमहरु प्रति बंगलाचुली गाउँपालिकाले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
सिमेन्ट उद्योगहरुले बंगलाचुली गाउँपालिकामा विभिन्न मितिमा गरेका निर्णय तथा जिल्ला प्रशासन कार्यालय घोराही दाङमा चैत्र १ गते सिमेन्ट उद्योगका प्रतिनिधिहरु सहित बसेको बैठकमा भएका निर्णय कार्यान्वयन नगरी फेरी पुरानै अवस्थाबाट चुनढुंगा बोक्ने टिपर चलाउन थालेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
गाउँपालिका अध्यक्ष तुलसीराम पुन र उपाध्यक्ष भक्तबहादुर जिसीले आज एक विज्ञप्ति जारी गर्दै मदन भण्डारी मार्गको तापा चोकदेखि खानीसम्म जोड्ने ४ किलोमिटर पहुँच मार्ग सिमेन्ट उद्योगले फुटपाथ सहित कालोपत्रे गर्ने कार्य छिटोभन्दा छिटो सम्पन्न गर्ने,बंगलाचुली गाउँपालिकाले सिफारिस गरेका आधारमा घोराही बंगलाचुली सडकका अत्यावश्यक स्थान मध्ये बढिमा ६०० मिटर सडक कालोपत्रे गर्ने,सिमेन्ट उद्योगले धुलो नियन्त्रका लागि अन्य आवश्यक उपायहरु अबलम्बन गर्ने,यस अघि भएका सम्झौताहरुको तत्काल कार्यान्वयनमा प्राथमिकता दिन सचेत गराउनुभएको छ ।
गाउँपालिकाले उद्योगको लागि बैकल्पीक मार्गको विषयमा गम्भिरता पूर्वक कामहरु अगाडी बढाईरहेको साथै यही जेष्ठ २५ गते उद्योगका प्रतिनिधिहरु सहित गाउँपालिकमा बसेको सर्वदलिय, सर्वपक्षिय भेलाले उद्योगले गरेका प्रतिवद्धताहरु तत्काल पुरा गर्नुपर्ने निर्णय भएको स्मरण गराउँदै बंगलाचुली गाउँपालिकासंग सम्पर्क र समन्वय नै नगरी बलजफ्तीरुपमा खानी संचालन गर्नु उचित नहुने भन्दै टिपर संचालनमा रोक लगाएको छ । हिजोमात्रै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले आजबाट खानी क्षेत्रमा टिपर चलाउन दिने सहमति गरेको थियो । उक्त, सहमति बंगलाचुली गाउँपालिकाले नमान्ने पनि स्पष्ट पारेको छ ।हेर्नुस्प्रेस बिज्ञप्ती
