Sidha Patra मंगलबार, साउन १३, २०७७

बाग्लुङ । बाग्लुङमा बाढी र पहिरोमा परी चार जनाको मृत्यु भएको छ। साेमबार राति आएको पहिरोले बाग्लुङको तमानखोला गाउँपालिका–२ का पालबहादुर विकको घर पुरिंदा उनका १३ वर्षीय छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको हो।

पहिरोमा परि पालबहादुरकी श्रीमती होमकुमारी गम्भीर घाइते भएकी छिन । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै,निसीखोला गाउँपालिका वडा नंवर १ मा एक घर पहिरोले पुरिंदा पाँच वर्षीया समीर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।सोही गाउँपालिकामै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेला परेको छ । प्रहरीका अनुसार उनको पहिचान खुलेको छैन।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]