शिवु खनाल/लमही सोमबार, आषाढ १३, २०७९

दाङ । दुइ नेपाली युवती भारतको जंगलमा बलात्कृत भएका छन् । आइतवार विहान एघार बजे भारतको बलरामपुर जिल्लाको मनीपुर बजार क्षेत्रमा रासन किन्न भनि हिडेका राजपुर गाउँपालिका वडा नम्बर ६ का निवासी नाम परिवर्तन सिता घर्ती र सिमा नेपालीलाई केही भारतीय युवाहरुको समुहले बलात्कार गरेको सीमा प्रहरी चौकी खांग्रानाकाले जनाएको छ । प्रत्येक आइतवारको दिन भारतको मनीपुरमा हाटबजार लाग्ने गर्छ ।

सोही दिने अविवाहित युवती पाचजना र एकजना विवाहित गरेर छ जना महिलाहरु नेपालबाट मनिपुर बजारमा रासन किन्न भनि जाने क्रममा नेपाल–भारत सीमावर्ती क्षेत्रको दक्षिण तर्फको जंगलमा रुखमा डोरीले बाधेर भारतीय युवाहरुको समुहले बलात्कार गरेको कुरा बाहिरीएको छ ।

नेपाल–भारत सीमावर्ती क्षेत्रको दशगजा देखि करिब चार किलोमिटरको भारतीय जंगलमा दुइ नेपाली युवती बलात्कृत भएको बुझिएको छ । उनिहरुसंग गएको अन्य चारजना महिलालाई कनचटमा पेस्तोल ताकेर तिमीहरु बोल्यौ भने गोली हानेर मार्दिन्छु भनेर धम्काउदै कुटपिट गरेर गम्भिर घाइते बनाएको बुझिएको छ । ती युवकहरुले छजना महिलाहरुको सुनको सिक्री, नाकमा लगाउने फुली, केही भारतीय रुपैया र छवटा मोबाइल समेत लुटपाट गरेको खुल्न आएको छ ।

महिलाहरुको हात, गाला, ढाडमा गम्भिर घोट लागेर सुम्ला उठेको छ भने लौराले साप्रामा निलो डाम बस्ने गरि कुटपिट गरेर गम्भिर घाइते बनाइएको बुझिएको छ । अहिले सीमा प्रहरी चौकी खांग्रानाका इञ्चार्जको कमाण्डामा स्थानीय बलात्कृत दुइजना युवतीहरु र अन्य चारजना घाइते महिलाहरुलाई औषधिको लागि भारतीय अस्पतालमा लगिदैछ ।

त्यस्तै थप विवरण भने आउन बाकी रहेको छ । यस्तै हरैया थानाका अनुसार उक्त कार्यमा संलग्न पाँचजना मध्य चारजना पक्राउ गरिएको बुझिएको छ । उनिहरू माथि थप अनुसन्धान भइरहेको हरैया थानाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]