
Rgp
Lnp
Usb
Pbu
Jns
Rgp
Rgp
Dus
Dbs
Ggp
lnp
Asb
Rgp
Ggp
Lks
Sgp
ksb


दाङ । दुर्गम क्षेत्रका अभिभावक तथा विद्यार्थीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सचेतना फैलाउने उद्देश्यले परिवार नियोजन संघले रुकुम पूर्वका शिक्षकहरुलाई वृहत यौनिकता शिक्षा दिन लागेको छ ।
शिक्षा तथा मानव श्रोत विकास केन्द्र भक्तपुरको सहकार्यमा नेपाल परिवार नियोजन संघको आयोजनामा आज दाङको घोराहीमा रुकुम पूर्वका शिक्षकहरुलाई एकै थलोमा राखेर आगामी पाँच दिनसम्म वृहत यौनिकता शिक्षा प्रदान गरिरहेको छ ।
नेपाल परिवार नियोजन दाङ शाखा उप– सभापति भरतराज देवकोटाको अध्यक्षता तथा नेपाल परिवार नियोजन संघकी केन्द्रिय उपाध्यक्ष निर्मला गौतमको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी पाँच दिने तालिम उद्घाटन गरिएको छ ।
सो अवसरमा प्रमुख अतिथि गौतमले समाजमा अहिले पनि खुल्न नसकेको यौन शिक्षाका कारण अनेक प्रकारका विकृति विसंगति तथा अपराधजन्य घटना भईरहेकाले यसको सैद्धान्तिक ज्ञान विद्यालय शिक्षाबाटै प्रदान गर्न शिक्षकहरुलाई वृहत यौनिकता शिक्षामार्फत अभिमुखीकरण गर्न सकेको खण्डमा बालबालिकाहरुको संवेगात्मक विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो ।
शहर भन्दा गाउँबस्ती, दर्गममा बसोबास गर्ने बालबालिकाहरुको संवेगात्मक विकासमा यौन तथा प्रजनन् स्वास्थ्य र शिक्षाका बारेमा बेलैमा सचेतना प्रदान गर्न नसक्दा अपराधजन्य घटना मात्रै नभई उनीहरुको व्यक्तिगत स्वास्थ्यमा पनि गम्भीर प्रकारका समस्या अहिले भोग्न बाध्य भएका थुप्रै उदाहरण रहेकाले यसको शिक्षा प्रदान गर्न शिक्षकहरुबाट अघि बढ्न सकिने बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक समेत रहनुभएका सिसो नेपालका अध्यक्ष खुमानन्द सुवेदीले विद्यालय शिक्षाबाटै वृहत यौनिकता शिक्षा प्रदान गर्न सबैभन्दा बलियो आधार शिक्षकहरुमा यसको वृहत ज्ञान दिन जरुरी रहेको बताउनुभयो । उहाँले आगामी दिनमा यस प्रकारको ज्ञान फैलाउन हाते पुस्तिका तयार पारि शैक्षिक सामग्रीका रुपमा विकास गर्ने योजनाका साथ अभियान अघि बढेको जानकारी गराउनुभयो ।
शनिबारदेखि शुरु भएको तालिम आगामी १५ गतेसम्म चल्नेछ । जसमा रुकुम पूर्वका विभिन्न १७ विद्यालयबाट २८ जना शिक्षक सहभागी भएका छन् । तालिमको प्रशिक्षकका रुपमा डा. भगवान अर्याल, अनुप अधिकारी, वसन्त खनाल, नारायणी त्रिपाठी, रेणु यादव, खमानन्द सुवेदी रहनुभएको छ । कार्यक्रमको सहजीकरण नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रवन्धक वसन्त खनालले गर्नुभएको थियो ।
परिवार नियोजन संघले पछिल्लो समय दुगम क्षेत्रमा यौन तथा प्रजनन् स्वास्थ्य शिविर संचालन गर्नुका साथै वृहत यौनिकता शिक्षाका बारेमा वृहत रुपमा सचेतना अभियान गर्दै आएको छ ।
