दाङ । तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाको मुख्य मुहानमा अज्ञात समुहले तोडफोड गरेको छ ।
गएराती अज्ञात समुहले तुलसीपुर खानेपानीको मुख्य मुहान रानीजरूवाको सम्वेयलमा खानेपानीको पावर हाउसको मेन स्वीच, प्यानल बोर्ड, पानी सप्लाई गर्ने २५ हर्ष पावरको मोटर, स्टक मोटर, २५ हर्ष पावरको मोटरबाट पानी तान्नको लागि बनाईएको सोलर पाता लगायतका सामानमा तोडफोड गरेको संस्थाका सचिव सेवकराम भण्डारीले जानकारी दिए ।
त्यस्तै उक्त तोडफोडबाट करिब ८ लाख बराबरको क्षति भएको सचिव भण्डारीले जानकारी दिए । तोडफोड गरिएको संरचनाको मर्मतका लागि केही समय लाग्ने भएकाले मर्मत गर्ने समयसम्म ८ नं सिस्टम अन्तरगतको ओभरहेड टंकीबाट वितरण गरिने पानीमा समस्या हुने पनि जानकारी दिए । साथै सचिव भण्डारीले तोडफोडमा संलग्नलाई पत्तालगाई कानुनी कार्वाहीको लागि माग पनि गरे ।तुलसीपुर अनलाइनबाट