
Sdc
Lnp
Ggp
Msbus
Ksbus
Ksbus
Rgp
Ggp
Asbus

दाङ । महिला जेसीजको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्त सञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा जेसीजले रक्तदान कार्यक्रम गरेको हो ।
दाङ महिला जेसीजकी अध्यक्ष शारदा घर्तीको अध्यक्षता तथा रक्त संचार केन्द्र घोराही प्रमुख दीलिप न्यौपानेको प्रमुख आतिथ्य एवं लेखक संघ दाङकी कोषाध्यक्ष सन्ध्या रेग्मीको विशिष्ट आतिथ्यतामा गरिएको कार्यक्रममा १४ जनाले रक्तदान गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख अतिथि न्यौपानेले रक्तदान कार्यक्रमले समाजमा ठूलो योगदान दिने हुँदा जेसीजले मानव सेवाका लागि गरेको कार्यक्रम प्रशंसनीय रहेको बताउनुभयो । स्वस्थ व्यक्तिले आवधिक रुपमा रक्तदान गर्न सक्ने हुँदा खेर जाने रगत दान गरेर बिरामीलाई जीवनदान गर्ने महान अभियानमा सरिक हुन पनि उहाँले सबैमा आग्रह गर्नुभयो ।
जिल्लामा रगत अभाव पूर्ति गर्न तथा सामाजिक उत्तरदायित्व पूरा गर्न जेसीजले सप्ताह व्यापी कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ । सामाजिक जागरणसँगै व्यक्तित्व र नेतृत्व विकासमा विशेष प्राथमिकता राख्दै काम गर्दै आएको जेसीजले विगतदेखि नै विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको जेसीजकी संस्थापक अध्यक्ष निर्मला गौतमले बताउनुभयो ।
कार्यक्रममा त्रिभुवननगर जेसीजका कार्यवाहक अध्यक्ष महेश गुप्ता,महिला जेसीजकी पूर्व अध्यक्ष विमला शर्मालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । जेसीज सप्ताह अन्तर्गत अब भोलि मंगलबार गोरक्ष रत्ननाथ मन्दिर चौघेरामा रहेका बालबालिकाहरुलाई शैक्षिक तथा जिन्सी सामग्री वितरण गर्ने कार्यक्रम तय भएको छ । शनिबारबाट शुरु भएको जेसीज सप्ताह शुक्रबारसम्म विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाई रहेको मूल संयोजक बसन्ती सुवेदीले जानकारी दिनुभयो ।
