
Srbpu
Pes
sbs
cjs
Djs
Rgp
Rgp1
Pbu
Ggp
Lnp
Unsku
Gfs
pku
Sgr

Ggd
Wsp
Gst
Hal
Vor
Rgs
Tsm
Rsb
Ssm
Bbbpu
Rgu
Pvg
Rgu
Sbs
nsb
Asm
Ksm
Bbu
Sls

Syp
Ptm
bbt
Bml
Rpp
Abd
Rmb
Jmb
Mks
Jmb
Pls
sab
Gsb
दाङ । नेपाल राष्ट्रिय शिक्षक संगठन राजपुर गाउँ कमिटीद्वारा नेकपा एमाले पार्टीबाट नव निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गर्ने कार्यक्रम शनिबार राजपुर-२ बेलामा सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन राजपुरका अध्यक्ष दिल्ली बहादुर चौधरीको अध्यक्षता तथा नेकपा एमाले दाङ जिल्ला कमिटीका सचिव मनोहर बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सचिव बुढाथोकीले पार्टीको सिधाान्त र एजेन्डा अनुसार जनताको हितमा काम कार्य गर्न नव निर्वाचित जनप्रतिनिधिलाई अनुरोध गर्नु भयो ।
त्यस्तै बुढाथोकीले राजपुर गाउँपालिकामा यस अघि एउटा वडा सदस्य पनि नजितेको गाउँपालिकामा अहिले वडा नम्बर १ र ५ मा जित हत पर्न सफल भएकोमा राजपुर गाउँ कमिटीलाई धन्यवाद व्यक्त गर्नु भयो । यस्तै उहाँले नव निर्वाचित जनप्रतिनिधिलाई आगामी दिनमा अन्य वडा पालिका भन्दा फरक ढंगले वडाका नागरिकलाई सहज र सरलहुने गरि विकास निर्माणका कार्य गर्न अनुरोध गर्नु भएको छ ।
त्यस्तै कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा निवर्तमान गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव,लुम्बिनी प्रदेश कमिटी सदस्य मोहन पाण्डे,नेपाल राष्ट्रिय शिक्षक संगठन दाङ जिल्ला सचिवालय सदस्य तथा देउखुरीका संयोजक ज्ञान हरि रिजाल,नेकपा एमाले राजपुर गाउँकमिटीका अध्यक्ष हेमकुमार जिसी,नव निर्वाचित राजपुर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष टंक बहादुर विष्ट,वडा नम्बर १ का अध्यक्ष सुर्यप्रसाद चौधरी लगायतका वक्ताले बोल्नु भएको थियो ।
सो अवसरमा अहिले राजपुर गाउँपालिकाले वडामा आर्थिक वर्ष २०७९/०८० लागि जम्मा २२ लाखको बजेट सिलिङ पठाएको हुँदा उक्त बजेटको विषयमा पनि विशेष छ्लफल भएको नेकपा एमाले राजपुर गाउँ कमिटीका अध्यक्ष हेम कुमार जिसीले जानकारी दिनु भयो । यस अघि वडाहरुमा एक करोड बढी बजेट विनियोजन हुने गरेको थियो तर अहिले वडा अध्यक्षलाई केही जानकारी छैन,गाउँपालिकाले आफ्नो मन खुशीले बजेटको सिलिङ बनाएर पठाएको अध्यक्ष जिसीले बताउनु भयो ।
त्यस्तै यस विषयमा गढवा गाउँपालिकाका निवर्तमान अध्यक्ष सहजराम यादवले कुनै पनि वार्षिक रुपमा बजेट विनियोजन गर्दा सम्बन्धित वडा कार्यालयका वडा अध्यक्ष र कार्यपालिका सदस्यलाई पहिले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतले पत्राचार गरेर बजेट सम्बन्धि व्यापक छलफल गरेर मात्र विनियोजन गर्नु पर्ने बताउनु भएको छ ।
यसैगरी उक्त स्वागत तथा सम्मान कार्यक्रममा स्थानीय सरकार संचालन एन सम्बन्धि नेपाल प्रगतिशील कानुन व्यवसायी संघ दाङ जिल्लाका सदस्य मेघराज लम्सालले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुलाई अबिर लगाइ खादा ओढाएर भव्य सम्मान गरिएको थियो भने उक्त कार्यक्रमको संचालन नेपाल राष्ट्रिय शिक्षक संगठन राजपुरका शिक्षक धरमराज यादवले गर्नु भएको थियो ।

