Sidha Patra सोमबार, साउन १२, २०७७

दाङ।दाङमा औद्योगिक क्षेत्र स्थापनाका लागि बिस्तृत अध्ययन प्रतिबेदन र वाताबरणिय प्रभाव मुल्यांकनको काम अघि बढेको छ । औद्योगिक क्षेत्र व्यस्थापन लिमिटेडका अनुसार घोराही उपमहानगरपालिका ३ र ५ मा ‘लक्ष्मीपुर औद्योगिक क्षेत्र’स्थापनाका लागि विस्तृत अध्ययन र वाताबरणिय प्रभाव मूल्यांकनका लागि परामर्शदाता छनोट भएर काम बढेको हो । उक्त क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गर्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सरकार समक्ष प्रस्ताब बुझाई सकेको जनाएको छ । प्रस्तावित औद्योगिक क्षेत्रमा ५ सय ४९ विगाह क्षेत्रफल मध्य ५ सय २९ सार्वजनिक र २० विगाह निजी जग्गा रहेको छ ।

औद्योगिक क्षेत्रका लागि सरकारले ५ अर्व रुपैयाँ लगानी गर्नु पर्ने देखिएको लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिनुभयो ।सरकारले नै सडक,पानी,विजुली लगाएतका अन्य भौतिक संरचनाहरु समेत निर्माण गर्ने छ ।अबको २ बर्ष भित्र औद्योगिक क्षेत्रको धेरै काम अघि बढ्ने अध्यक्ष बस्नेतको भनाई छ । केही बर्ष अघि उक्त क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गर्ने गरि घोराही उपमहानगरपालिकाले निर्णय समेत गरिसकेको छ।त्यस्तै दाङ जिल्ला उद्योग बाणिज्य संघ समेत औद्योगिक क्षेत्र स्थापनाका लागि लागि परेको छ ।।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]