
Ggp
Pes
cjs
Lnp
Djs
sbs
Srbpu
Gfs
pku
Sgr
Pbu
Rgp1
Unsku
Rgp

Wsp
Tsm
Vor
Bbu
Ggd
nsb
Rgu
Sbs
Rsb
Bbbpu
Ksm
Sls
Ssm
Rgu
Pvg
Hal
Gst
Rgs
Asm

Rmb
Jmb
Rpp
Gsb
Abd
Pls
Ptm
Bml
bbt
Syp
Jmb
Mks
sab
दाङ।दाङमा औद्योगिक क्षेत्र स्थापनाका लागि बिस्तृत अध्ययन प्रतिबेदन र वाताबरणिय प्रभाव मुल्यांकनको काम अघि बढेको छ । औद्योगिक क्षेत्र व्यस्थापन लिमिटेडका अनुसार घोराही उपमहानगरपालिका ३ र ५ मा ‘लक्ष्मीपुर औद्योगिक क्षेत्र’स्थापनाका लागि विस्तृत अध्ययन र वाताबरणिय प्रभाव मूल्यांकनका लागि परामर्शदाता छनोट भएर काम बढेको हो । उक्त क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गर्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सरकार समक्ष प्रस्ताब बुझाई सकेको जनाएको छ । प्रस्तावित औद्योगिक क्षेत्रमा ५ सय ४९ विगाह क्षेत्रफल मध्य ५ सय २९ सार्वजनिक र २० विगाह निजी जग्गा रहेको छ ।
औद्योगिक क्षेत्रका लागि सरकारले ५ अर्व रुपैयाँ लगानी गर्नु पर्ने देखिएको लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिनुभयो ।सरकारले नै सडक,पानी,विजुली लगाएतका अन्य भौतिक संरचनाहरु समेत निर्माण गर्ने छ ।अबको २ बर्ष भित्र औद्योगिक क्षेत्रको धेरै काम अघि बढ्ने अध्यक्ष बस्नेतको भनाई छ । केही बर्ष अघि उक्त क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गर्ने गरि घोराही उपमहानगरपालिकाले निर्णय समेत गरिसकेको छ।त्यस्तै दाङ जिल्ला उद्योग बाणिज्य संघ समेत औद्योगिक क्षेत्र स्थापनाका लागि लागि परेको छ ।।
