Sidha Patra शनिबार, आषाढ ०४, २०७९

सुर्खेत । निर्माण सामाग्री लिएर दाङबाट जाजरकोट जाँदै गरको ट्रक दुर्घटनामा परेको छ।

शनिबार बिहान दाङबाट सिमेन्ट र सरिया लिएर जाजरकोटका लागि छुटेकाे ना ४ ख ९७६१ नम्बरको मालबाहक ट्रक सुर्खेतकाे गुर्भाकोट नगरपालिका–९ भालुखोला चौपारी डाँडा नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

त्यस्तै ट्रक सडकबाट ५० मिटर तल खसेको र ट्रक मुनि २ जना मानिस च्यापिएको देखिए पनि मान्छेले निकाल्न नसकिएपछि क्रेन बाेलाएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले बताए।

उनिहरुकाे शव देखिएपनि थप विवरण भने उद्दार पछि एकिन हुने र अहिले सकेसम्म छिटाे उद्दारकाे लागि स्थानीय सहित प्रहरी खटिईसकेकाे भएपनि क्रेन आउन केही समय लाग्ने हुँदा थप विवरण खुल्न बाँकी रहेकाे प्रहरी उपरीक्षक बिष्टले बताए।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]