
Lnp
sbs
Rgp1
Pes
Djs
Sgr
Srbpu
Pbu
pku
Ggp
Rgp
Gfs
Unsku
cjs

Bbbpu
Ggd
Sls
nsb
Rgu
Hal
Wsp
Asm
Pvg
Gst
Rgs
Sbs
Rgu
Rsb
Vor
Ssm
Bbu
Tsm
Ksm

Ptm
Abd
Gsb
Jmb
Rmb
sab
Mks
Rpp
Pls
Jmb
Bml
bbt
Syp
बाँके । सामाजिक संजालमार्फत् धार्मिक सहिष्णुतामा खलल पुर्याउने कार्य भइरहेको प्रति बाँके प्रहरीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सोमवार एउटा आग्रहमुलक सन्देश जारी गर्दै धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पुर्याउने किसिमका लेखरचना, ब्याङ्ग्यात्मक चित्रण जस्ता गतिविधिहरु सामाजिक संजालमा सम्प्रेषण नगर्न अनुरोध गरेको छ ।
प्रहरीले भनेको छ–‘हाल विभिन्न सामाजिक संजालहरुमा धार्मिक सहिष्णुतामा खलल पुर्याउने किसिमका लेखरचना, ब्याङ्ग्यात्मक चित्रण जस्ता गतिविधिहरु पोष्ट तथा शेयर गर्ने क्रियाकलाप बढ्दोक्रममा देखिएकाले त्यस्ता कार्य नगर्न अनुरोध गरिन्छ ।’
प्रहरीले धार्मिक तथा साम्प्रदायिक भावनामा खलल पुर्याउने किसिमका लेखरचना, ब्याङ्ग्यात्मक चित्रण जस्ता गतिविधि सामाजिक संजालमा सम्प्रेषण गरेको पाइएमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद ९ को दफा १५६ को उपदफा २(१) बमोजिम दुई वर्षसम्म कैद र २० हजारसम्म जरिवाना हुने भन्दै सबैलाई सचेत बनाएको छ ।
