
Mbf
Ges
Snmbs
Snmbs
Sdc
Dbc
Dpm
Pbu
snmbs
Gesld
dpm


दाङ । देउखुरी लमही स्थित लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आयोजना र लमही नगरपालिका वडा नम्बर ४ को पारीजात महिला सामुदायिक वन उपभोक्ता समुहको सहकार्यमा सो वनक्षेत्र भित्रमा आइतबार ५ हजार भन्दा बढी वृक्षरोपण गर्ने कार्य सुरु भएको छ।पानीको मुल बचाउ भन्ने मुल नाराका साथ लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष दण्डीराम चौधरीको अध्यक्षता र पारीजात महिला सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष द्रोपदी पौडेलको प्रमुख आतिथ्यतामा आज एक औपचारिक कार्यक्रमको बीचमा वृक्षरोपण कार्य उद्घाटन भएको हो ।
देउखुरी डिभिजन वन कार्यालयको तर्फबाट १५ सय बिरुवा सहयोग र अन्य खानेपानी संस्थाले आफै खरिद गरेर सो सामुदायिक वन क्षेत्रको ३ हेक्टर खाली जग्गामा खयर, सिमल,जामुनो लगायतका ५ हजार,२ सय बिरुवा सो समुहका उपभोक्ताको सक्रियतामा वृक्षरोपण गर्न लागिएको खानेपानी संस्थाका सचिव सनम कुमार पौडेलले जाकारी दिनु भयो ।खानेपानी संस्थाका उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्यबाट संचालन भएको सो वृक्षरोपण उद्घाटन कार्यक्रममा संस्थाका सल्लाहकार कर्ण बहादुर बुढाथोकीले शुभकामना मन्तव्य राख्नु भएको थियो भने उक्त कार्यक्रमको संचालन संस्थाका सचिव सनम कुमार पौडेलले गर्नु भएको थियो ।
