
cjs
sbs
Pes
Sgr
pku
Gfs
Rgp1
Djs
Srbpu
Unsku
Pbu
Rgp
Lnp
Ggp

Ksm
Sls
Gst
Sbs
Ssm
Rgu
Tsm
Wsp
Bbu
nsb
Rgu
Rgs
Vor
Ggd
Asm
Bbbpu
Hal
Rsb
Pvg

sab
Bml
Syp
Pls
Gsb
Rmb
Abd
Mks
Rpp
bbt
Jmb
Jmb
Ptm
काठमाडौं । पछिल्लो समय भारतमा दैनिक रुपमा काेभिड -१९ का संक्रमित संख्या बढदै गएपछि नेपालमा पनि त्यसकाे प्रभाव पर्ने भन्दै भारतसंग सिमा जाेडिएका जिल्लामा सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले सम्बन्धित जिल्लामा पत्राचार गरेकाे छ।
भारतसंग मुख्य खुल्ला नाका रहेका माेरङ, इलाम, झापा, बाँके, रुपन्देही, कपिलवस्तु, कैलाली, सिराह, पर्सा, रौतहट, महाेत्तरी, कञ्चनपुर, बैतडी र कैलाली गरि १४ जिल्लालाई स्वास्थ्य आपतकालीन तथा विपत व्यवस्थापन इकाई अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रले यी सबै जिल्लामा सतर्कता र समन्वयका लागि पुर्व तयारीमा लाग्न निर्देशन गरेकाे हाे।
त्यस्तै सिमा नाकामा यात्रुहरुकाे स्क्रिनिङ,परीक्षण तथा संक्रमितहरुलाई व्यवस्थापन गर्न काेभिड-१९ संक्रमित प्रयाेगशाला परीक्षण तथा उपचार व्यवस्थापनकाे लागि पुर्व तयारी गर्नुपर्ने देखिएकाेले नेपाल सरकार सचिव स्तरिय मंगलबारकाे बैठकबाट निर्णय गरि पत्राचार गरिएको स्वास्थ्य आपतकालीन तथा विपत व्यवस्थापन इकाईका मेडिकल अधिकृत डा.नवराज जाेशी (जैसी)ले जानकारी दिए ।जनसहारा
