
Lnp
Gfs
Pes
Srbpu
Rgp
Rgp1
Ggp
pku
Unsku
cjs
Djs
sbs
Sgr
Pbu

Hal
Asm
Tsm
Gst
Sbs
Bbbpu
Vor
Pvg
Rgu
Wsp
Rgu
Rgs
Bbu
Ssm
Rsb
Sls
Ksm
Ggd
nsb

Rmb
Pls
Mks
Jmb
Gsb
Abd
Bml
Jmb
Rpp
sab
Syp
Ptm
bbt
काठमाडौं । सवारी दुर्घटनामा घाइते भएका राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । उनको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । स्पिडमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा गम्भीर चोट लागेको थियो ।
त्यस्तै उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका उम्मेदवार थिए । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले उनको निधनबाट पार्टीलाई ठूलो क्षति भएको जनाएका छन् । उनी राप्रपा खोटाङको झन्डै १५ वर्ष जिल्ला अध्यक्ष थिए ।
