
Ggp
Asbus
Rgp
Ksbus
Ksbus
Ggp
Sdc
Msbus
Lnp

दाङ । नेपाल नेत्रज्योति संघ दाङ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जले अस्पताल प्रशासनिक समितिका संयाेजक तथा नव निर्वाचित गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीलाई शनिबार एक कार्यक्रमको बीचमा बधाई तथा सम्मान गरिएको छ ।
चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवालकाे अध्यक्षतामा भएको बधाई तथा सम्मान कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्र खड्का,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक सम्शेर थापा,प्रशासकिय अधिकृत जसराज विश्वकर्मा,कर्मचारी प्रतिनिधि ओपेन्द्र चन्द लगायतले उपाध्यक्ष चौधरीलाई बधाई तथा सम्मान ज्ञापन गर्नु भएकाे थियाे ।
उक्त बधाई तथा सम्मान कार्यक्रममा नव निर्वाचित उपाध्यक्ष चौधरीले आफू स्वयं आँखा अस्पतालको एक जिम्मेवारी व्यक्ति भएको हुँदा आगामी दिनमा आफ्नो तर्फबाट अस्पताललाई गर्नु पर्ने सहयोग खुलेर गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

