
cjs
Lnp
Pbu
Rgp
Gfs
Pes
Djs
Ggp
sbs
pku
Unsku
Sgr
Srbpu
Rgp1

Pvg
Bbu
Wsp
Ggd
Ssm
Hal
Vor
Gst
Rgu
Sls
Rgu
Rsb
nsb
Ksm
Tsm
Asm
Sbs
Rgs
Bbbpu

Abd
Gsb
Rpp
Pls
Mks
Rmb
Jmb
Bml
Ptm
sab
Syp
bbt
Jmb
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ हस्नापुरमा एक दिने नि:शुल्क दन्त शिविर कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
लमही नगरपालिका वडा नम्बर ७ का वडा सदस्य कुलबहादुर बुढा मगरको अध्यक्षमा उद्घाटन भएको एक दिने नि:शुल्क शिविर कार्यक्रमको उद्घाटन गर्दै सदस्य बुढाले आफ्नो वडामा यसरी नि:शुल्क शिविर कार्यक्रम संचालनमा सह-आयोजकको भुमिका निर्भा गरि सहयोग गरेकोमा कृपा पोलिक्लिनिक मेडिकल हललाई हार्दिक धन्यवाद दिनु भएको छ ।
त्यसैगरी आगामी दिनमा निरन्तर आफ्नो वडासंग सहकार्य एवं समन्वय गरेर स्वास्थ्य शिविरका कार्यक्रमहरु संचालन गरि अघि बढ्ने कार्यमा सहयोग गर्न मेडिकल हलका संचालक प्रकाश आचार्यलाई वडा सदस्य बुढाले अनुरोध समेत गर्नु भएको थियो ।
यस्तै उक्त कार्यक्रममा कृपा पोलिक्लिनिक एन्ड मेडिकल हलका संचालक प्रकाश आचार्यले यस अघिपनि राजपुर गाउँपालिका र गढवा गाउँपालिका तथा लमही नगरपालिकाको केही वडामा यसैगरी नि: शुल्क शिविर कार्यक्रमहरु संचालन गरिसकेको बताउनु भयो ।
त्यस्तै आज लमही नगरपालिका वडा नम्बर ७ संग समन्वय गरेर शिविर संचालन गरेको र अबको केही दिन भित्र लमही नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयमा पनि यसैगरी नि:शुल्क दन्त शिविर कार्यक्रम संचालन गर्ने मेडिकल संचालक आचार्यले जानकारी दिनु भयो ।
उक्त शिविर कार्यक्रममा डेन्टल सर्जन डाक्टर सृष्टि पौडेल अर्जुन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमलाल चौधरीले आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।
लमही नगरपालिका वडा नम्बर ७ को आयोजना र कृपा दन्त सेवाको सह-आयोजनामा सम्पन्न भएको उक्त नि:शुल्क दन्त शिविर कार्यक्रम मार्फत जम्मा ८६ जनाले आफ्नो दाँत चेकजाँच तथा परिक्षण गराएका थिए । सो जाँच परिक्षण मार्फत २० जनाको दाँत झिकिएको डेन्टल सर्जन डाक्टर दिलदार मियाले जानकारी दिनु भयो ।
आज सम्पन्न भएको सो शिविर कार्यक्रममा डेन्टल सर्जन डाक्टर द्वोय सृष्टि पौडेल,दिलदार मिया, स्वास्थ्य कर्मी द्वोय विन्दु खनाल,सरस्वती पन्थी रहनु भएको थियो भने कार्यक्रमको संचालन अर्जुन माध्यमिक विद्यालयका प्रधानाध्यापक महेश न्यौपानेले गर्नु भएको थियो ।

