दाङ । जिल्ला प्रशासन कार्यालय दाङले बन्द गरेको बालुवा प्रशोधन केन्द्रले फेरि अबैध क्रशिङको काम गरेर नदीमा बाध बाधेर मनपरी नदीजन्य दोहन गरेको छ ।
राप्ती नदीको बीचौबीच भागमा ठूलै बाँध लागेको छ। वारीको बाँधका कारण नदीको ठूलो हिस्सा पारी च्यापिएको छ। राप्तीको मध्य भागको बाँध कुनै सिँचाइ आयोजनाका बाँधिएको हैन। लमही नगरपालिका ९ अमिलियामा रहेको जिल्ला प्रशासन कार्यालय दाङले बन्द गरेको बालुवा प्रशोधन केन्द्रले अबैधरुपमा क्रसिङको काम गर्दै नदीजन्य दोहनका लागि लगाएको बाँध हो ।
यता जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दाङमा नदी जन्य उत्खननमा अदालतबाट रोक्ने आदेश आए पछी दाङ प्रशासनले सबै ठाँउमा रोक्दै आएको र अदालतको आदेशलाई बेवास्ता गर्ने बालुवा प्रशोधन केन्द्रले गरेको नदीजन्य उत्खनन तत्काल बन्द गर्न प्रहरीलाई निर्देशन दिएको बताए ।