
Rgp
Dus
Sgp
Jns
Lnp
Rgp
Lks
Usb
Ggp
Dbs
lnp
ksb
Asb
Rgp
Rgp
Ggp


दाङ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङले सामुदायिक वनको अभियानमा लागेर हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
सामुदायिक वन उपभोक्ता महासंघको २७ औं स्थापना दिवसको अवसर पारेर आज बुधवार घोराहीमा गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएका हो । वन महासंघ दाङले सामुदायिक वनको अभियानमा लागेर स्थानीय तहको निर्वाचनमा निर्वाचित घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, घोराही—११ का वडाध्यक्ष कुलबहादुर लामिछाने, बबई—७ का वडाध्यक्ष तलकराम भण्डारी, घोराही—१५ का सदस्य कृष्णा राना, राजपुर गाउपालिकाका कार्यपालिका सदस्य रीता बिक लगायतलाई सम्मान गरेको वन महासंघ दाङले जनाएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीको सभापतित्व एंव वन महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष तिलकराम भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सवैको साझा प्रयासबाट मात्रै वन र वातावरण क्षेत्रको बिकास गर्न सकिनेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले लोकतन्त्रका स्थापना,महिला र उपभोक्ताहरुको शसक्तिकरण र परिवर्तनका लागि वन महासंघले ठूल्ठूला आन्दालन गरेको स्मरण गर्दै उहाँले अव वन महासंघको गरिमालाई उचो राख्ने गरी काम गर्नुपर्ने बताउनुभयो । सामुदायिक वनको अभियानमा लागेकै कारण अहिले आफूले उपमेयर जित्न सकेको भन्दै उहाँले वन र वातावरणका बिकासमा आफ्नो पहल जारी रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन बहादुर श्रेष्ठले डिभिजन वन कार्यालय र वन महासंघ मिलेर जिल्लाको वन क्षेत्रका बिकासका लागि आफ्नो कार्यालय समन्वय गरी अघी बढ्ने बताउनुभयो । कार्यक्रममा बोल्दै मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका सल्लाहकार श्रीमन न्यौपानेले वन र वातावरणको बिकास र संरक्षणका लागि वन महासंघको योगदानको बिर्सन नसकिने भन्दै आगामी दिनमा साझा कार्यक्रम बनाई अघी बढ्नुपर्नेमा जाड दिनुभयो ।
कार्यक्रममा उपस्थितलाई वन महासंघ दाङका कोषाध्यक्ष कमलराज पोख्रेलले स्वागत गर्नु भएको थियो । स्थापना दिवसका अवसरमा वन महासंघ दाङले बृक्षारोपण गरेको थियो ।
