
cjs
Rgp
Gfs
Pes
pku
Sgr
Djs
Lnp
Srbpu
Rgp1
sbs
Pbu
Unsku
Ggp

Rgs
Rgu
Rsb
Bbu
Ksm
Vor
Ggd
Sbs
Bbbpu
Rgu
Tsm
Gst
nsb
Ssm
Asm
Sls
Pvg
Wsp
Hal

Pls
bbt
Gsb
Abd
Rmb
sab
Ptm
Jmb
Syp
Rpp
Mks
Bml
Jmb
दाङ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ती आँखा अस्पतालले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन तथा सम्मान गरेको छ ।
राप्ती आँखा अस्पतालमा एक कार्यक्रमको आयोजना गरि तुलसीपुर उपमहानगरपालिकाका मेयर र उपमेयर सहित १९वटा वडाका वडाध्यक्ष र सदस्यहरुलाई बधाई तथा सम्मान गरेकोहो ।
नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्ष तथा नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले राप्ती आँखा अस्पतालले यहाँका जनतालाई सर्वसुल्भ र गुणस्तरी सेवा दिएको भन्दै आगामी दिनमा थपसेवा विस्तार गर्न तर्फ लाग्नु पर्ने बताएका थिए ।
कार्यक्रममा नगर प्रमुख टिकाराम खड्काले नगरका हरेक नागरिकलाई सहज आँखा स्वास्थ्य सेवा पुर्याउन आफुहरु लाग्ने बताउनु भयो । उहाँले यस क्षेत्रको नमुनाको रुपमा रहेको आँखा अस्पतालको विकास विस्तारका लागि आफुहरुले सवै किसिमको सहयोग गर्ने बताउनुभयो । ‘यस क्षेत्रको गहनाको रुपमा रहेको आँखा अस्पतालले गुणस्तरीय सेवा दिई रहेको छ थप सेवा विस्तार र भौतिक विकासका लागि हाम्रो सहयोग निरन्तर रहन्छ –मेयर खड्काले भन्नुभयो ।
आँखा अस्पताललाई अभाव र समस्याबाट मुक्त गर्ने बताउनुभयो । ‘तपाईहरुको व्यवस्थापन देख्दा निकै खुुसी लाग्छ यहाँका स्वास्थ्य कर्मीले दिने सेवा र व्यवस्थापनको पक्ष निकै राम्रो छ उहाँले भन्नुभयो । खड्काले अन्य स्वास्थ्य संस्था भन्दा पृथक र फरक सेवा यहाँ भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
त्यस्तै उपमेयर स्यानी चौधरीले राप्ती आँखा अस्पातलको सेवा र यहाँको व्यवस्थापनले आफुलाई निकै आक्रर्षण गरेको बतानुभयो । उहाँले यसको सिको अन्य स्वास्थ्य संस्थाहरुले गर्नुपर्ने सुझाव दिनुभयो । ‘म यस अघिपनि यहाँ विभिन्न समयमा आउने गरेको थिए, यहाँको सेवा र सरसफाई देख्दा मलाई निकै खुसी लाग्ने गरेकोथियो –उहाँले भनुभयो । उपमेयर चौधरीले आफुले आँखा अस्पताललाई नजिक बाट बुझेको भन्दै यस्तै सेवा सधै दिनतर्फ लाग्न आग्रह गर्दै यसको विकासका लागि हामीहरु सधै तत्तपर रहने बताउनुयो । कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष घनस्याम ढकाल, १२ का अध्यक्ष खुसीराम चौधरी लगायतले अस्पतालको विकासमा लाग्ने बताएका थिए ।
यसैगरी कार्यक्रममा संघका केन्द्रिय सदस्य तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले अव कोहि पनि आँखा उपचारका लागि अनेत्र जानुनपर्ने गरि विभिन्न विशेषज्ञ सेवाहरु सुरु गरेको बताउनुभयो ।
गिरीले विभिन्न निकायहरुको सहयोग बाट आँखा स्वास्थ्य सेवाका साथै विभिन्न भौतिक निर्माण गरेको भन्दै नेत्र सहायक र अव भविष्यमै नेत्र विज्ञान अध्ययन प्रतिष्ठानको रुपमा अस्पताललाई विकास गर्ने बताउनुभयो । ‘हिजो पनि तपाईहरुको सहयोग र साथ थियो अव पनि हुने छ ’ । ’सो अवसरमा प्रमुख प्रशासक सम्शेर थापाले संघ अन्तर्गतका अस्पतालले दिएका सेवा,अन्धोपन न्यूनिकरणमा खेलेको भुमिका,भावि कार्यक्रम र अस्पतालको गुरुयोजनाको वारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा संघका सुरेन्द्रबहादुर खड्का, कोषाध्यक्ष श्यामप्रकास आचार्य, सहसचिव चिरञ्जीवि रिजाल, सदस्यहरु यमप्रसाद पाण्डे, हरिहर पौडेल,चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवाल,प्रमुख प्रशासक सम्शेर थापा,राप्ती आँखा अस्पतालका मेसु नेत्रविशेषज्ञ डा.सन्तोष सुवेदी, कर्निया रोग विशेषज्ञ डा.ज्योति सापकोटा,नेत्र विशेषज्ञ डा.शिलु थापा,राप्ती आँखा अस्पतालका प्रशासक किरण पौडेल तथा नेत्रविशेषज्ञ,स्वास्थ्यर्की र कर्मचारीहरुले बधाई ज्ञापन तथा शुभकामना दिएका थिए । संघका सचिव सुरेन्द्र खड्काको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण सूचना अधिकरी बालाराम खड्काले गरेका थिए ।

