
Pes
Srbpu
Ggp
sbs
Rgp
Gfs
Sgr
Rgp1
Lnp
Unsku
Djs
pku
Pbu
cjs

Rgu
Ssm
Asm
Pvg
Wsp
Ksm
Bbbpu
Vor
Hal
Ggd
Sbs
Tsm
Sls
Gst
Rgs
Bbu
Rgu
nsb
Rsb

Syp
Gsb
Rpp
Mks
Rmb
bbt
Bml
sab
Jmb
Abd
Pls
Ptm
Jmb
दाङ । जिल्लामा रगतको अभाव भएर नागरिकहरुले सास्ति बेहोर्नुपरेको समाचार सञ्चार माध्ययमबाट बाहिरीए पछि रगत अभावलार्य न्यूनिकरण गर्न आइतवार गढवा गाउँपालिकाले पहिलो पल्ट रक्तदानको कार्यक्रम आयोजना गरेको छ ।
जनताको बहुमुल्य मतदानबाट बिजय हाँसिल गरेपछि दाङ जिल्लामै पहिलो अभ्यासका रुपमा गढवा गाउँपालिकाले रक्तदान कार्यक्रम राखेको हो । नयाँ जनप्रतिनिधी आएपछि गाउँपालिकाको पहिलो बैठकबाट यो कार्यक्रम तय गरिएको अध्यक्ष यमनारायण शर्मा पोखे्रलले बताउनुभयो ।
रक्रदानको कार्यक्रम संगै गाउँपालिकामा रहेका सबै सरकारी बिद्यालयहरुमा गुणस्तर सुधार गर्न ठोस योजना निर्माण गर्ने र सबै बिद्यालयहरुमा नेपालीका साथसाथै यसै शैक्षिकसत्र देखि अंगे्रजी माध्यमको पठन–पाठन समेत सुरु गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र दाङ संगको समन्वय सहकार्य र प्राबिधिक सहयोगमा गाउँपालिकाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
आइतवार गाउँपालिकाका अध्यक्ष पोखे्रल आफूले रक्तदान गरि कार्यक्रमको बिधिवत उद्घाटन गर्नुभएको हो । रक्तदान जिवनदान हो यसले नागरिकहरुको जिवन बचाउन मद्दत गर्छ–अध्यक्ष पोखे्रलले भन्नुभयो । पन्ध्रौं गणतन्त्र दिनस–२०७९ लाई रक्तदान गरेर मनाउने निर्णयलाई कार्यान्वयन गर्दै छौं गाउँपालिकाका अध्यक्ष पोखे्रलले भन्नुभयो । जनताको अमुल्य मत पाएर स्थानीय सरकार संचालनको अभिभारा लिएका छौं त्यसैले पनि रक्तदान गरेर नागरिकहरुको सेवा गर्दै छौं– गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरीले भन्नुभयो । गाउँपालिकाको बिकास र समृद्धीका लागि जनताहरुलाई खुसी पार्नेगरि हरेक कामलाई अगाडी बढाउने छौं ।
रक्तदान गरेपछि मानव शरिरमा नयाँ कोषिकाहरु उत्पादन हुन्छन् र शरिर पनि फे्रस हुन्छ,गढवा ६ का रक्तदाता एवं प्राध्यापक प्रतिमा के.के ले भन्नुभयो । शसस्त्र प्रहरी कार्यालय कोइलाबासका बंशीधर बस्नेतले हालसम्म २१ पटक रक्तदान गर्नुभएको बताउनुभयो । रक्तदान गर्न डराउने संस्कार छ,त्यसलाई मनभित्रबाटै अन्त्य गर्नुपर्छ । रक्तदानले त शरिर झनै फ्रेस हुन्छ–उहाँको भनाई थियो । उहाँहरु जस्तै आइतवार गढवा गाउँपालिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा गढवा ६ कि धना भण्डारी खनालले जिवनमा पहिलो पटक रक्तदान गरेको र जिवनदान भन्ने रहरले रक्तदान गर्न आएको बताउनुभयो ।
गाउँपालिकाले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा कूल ८७ जनाले रक्तदान गरेको गाउँपालिकाका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले जानकारी दिनुभयो । गढवा क्षेत्रमा यत्तिका धेरै जनाले रक्तदान गरेको यो पहिलो रेकर्ड भएको रक्तसंचार सेवाकेन्द्र दाङले जनाएको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रलको अध्यक्षतामा सुरु भएको रक्तदान कार्यक्रममा उपस्थित सबैलाई उपाध्यक्ष शारदा चौधरीले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण तथा ब्यवस्थापन आर्थिक प्रशासन शाखाका प्रमुख पुनाराम शर्माले गर्नुभएको थियो ।

