
sbs
Rgp
pku
Lnp
Pes
Srbpu
Pbu
Unsku
Rgp1
Sgr
cjs
Gfs
Ggp
Djs

Ksm
Ggd
Rgs
Sbs
Tsm
Rsb
Pvg
Bbu
nsb
Vor
Sls
Asm
Gst
Rgu
Ssm
Wsp
Hal
Rgu
Bbbpu

Abd
Jmb
bbt
sab
Syp
Mks
Bml
Rpp
Ptm
Pls
Gsb
Jmb
Rmb
दाङ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज लमही आँखा अस्पतालद्वारा लमही नगरपालिकामा नव निर्वाचित जनप्रतिनिधि हरुलाई बधाई तथा सम्मान गर्ने कार्यक्रम शुक्रबार लमहीमा सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ दाङ शाखाका सभापति तथा केन्द्रीय सदस्य तथा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार गिरीको अध्यक्षता तथा लमही नगरपालिकाका नव निर्वाचित नगर प्रमुख (मेयर) जोगराज चौधरीको प्रमुख आतिथ्यता एवं नगरका उपप्रमुख (उपमेयर) लक्ष्मी योगीको विषेश अतिथिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले लमहीमा स्वास्थ्य,शिक्षा र अन्य विकासका लागि आफु सासक नभएर जनसेवक भएर काम गर्ने बताएका छन् ।
त्यस्तै उनले लमही क्षेत्रको गहनाको रुपमा रहेको लमही आँखा अस्पताललाई लुम्बिनी प्रदेशको नमुना आँखा अस्पताल बनाउन आफुहरुले सक्दो सहयोग गर्ने बताए । उनले भौतिक साधन स्रोत र मेसिन औजारहरु खरिद गरि विशेष सेवा प्रवाहका लागि नगरले सहयोग गर्ने बताए ।
त्यसैगरि उपमेयर लक्ष्मी योगीले आफुहरु जनताको सेवक भएको भन्दै यहाँका जनताहरुलाई आँखा उपचार सेवामा पहुँच वृद्धिका लागि आफुहरु लागने बताइन् । उनले आफ्नो क्षेत्रबाट हुन सक्ने सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
यसैगरी गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले यहाँको आँखा अस्पताललाई यस क्षेत्रको नमुना अस्पताल बनाउन आफुहरु लागने भन्दै कोहि पनि पैसाको अभावले अन्धोपनमा बस्नु पर्ने अवस्था आउन नदिन अस्पतालसंग साझेदारि गरेर विभिन्न आँखा सम्वन्धि कार्यक्रमहरु ल्याउने बताईन् ।
त्यस्तै नगरका प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले स्वास्थ्य क्षेत्रको विकासका लागि आफुहरु लागने बताए ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य,दाङका सभापति कृष्णकुमार गिरीले सवैको साथ र सहयोगले अस्पताको विकास भएको भन्दै अन्धोपन न्यूनिकरणमा सबैको भुमिका आवश्यक रहेको बताए । उनले नवनिर्वाचित सवै जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष लिला शाह,नेपाल नेत्रज्योति संघ दाङका सल्लाहकार उमाकान्त पन्त,उपसभापति रेशम बहादुर खड्का,सचिव सुरेन्द्र बहादुर खड्का, कोषध्यक्ष श्याम प्रकाश आचार्य,सहसचिव चिरञ्जीवि रिजाल,चिफ मेडिकल डाइरेक्टर डा.सुलक्ष्मी कटुवाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक शम्सेर थापाले नेपाल नेत्रज्योति संघ र आँखा स्वास्थ्य कार्यक्रमको गतिविधि र भएगरेका गतिविधिहरुको बारेमा जनप्रतिनिधिहरुलाई जानकारी गराउदै बधाई ज्ञापन गरेका थिए ।
त्यस्तै सो अवसरमा जनप्रतिनिधिहरुले संघद्वारा सञ्चालीत लमही आँखा अस्पतालसंगको साझेदारी र सहकार्यमा आगामी दिनहरुमा दृष्टि बिहिनता (अन्धोपन)लाई न्यूनिकरण गर्ने कार्यमा सहकार्य गर्ने अध्यक्षहरुले प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख,उपप्रमुख,वडाध्यक्ष र सदस्यहरुलाई अबिर,फुल माला तथा खादा ओढाएर भब्य सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।


नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशम बहादुर खड्काको स्वागत मन्तव्य संचालन भएको कार्यक्रममा लमही नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष नेपालु चौधरी,वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी,वडा नम्बर ६ का श्याम नारायण चौधरी,गढवा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष लेख बहादुर थापा लगायत वडाका अन्य सदस्यहरुको उपस्थित रहेको कार्यक्रमको संचालन सूचना अधिकारी बालाराम खड्काले गर्नु भएको थियो ।
अस्पतालमा अहिले गढवा गाउँपालिका वडा नम्बर ५ का २३ जना मोतिया बिन्दुका बिरामीहरुको अप्रेसन भइरहेको छ । त्यस्तै बिरामीहरुलाइ आउन जान सबै वडाले व्यवस्थापन मिलाएको वडा नम्बर ५ का वडा अध्यक्ष लेख बहादुर थापाले जानकारी दिए ।


