
Sgp
Lks
Dus
ksb
Jns
Usb
Lnp
Rgp
Dbs
Ggp
Asb
Rgp
Rgp
Rgp
Ggp
lnp


दाङ । सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सल्यानको बागचौर नगरपालिका वडा नम्बर ९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका–२ शारदा खोलामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सिपेक्टर सन्तोष खनालले जानकारी दिनुभयो । दुर्घटनामा बागचौर नगरपालिका –८ कोटमौलाका ६३ वर्षिया चम्फा ढकाल, बागचौर नगरपालिका –८ कोटमौला ४८ वर्षिय अजमत कामी, सोहि ठाउँका ३६ वर्षिय दिपक योगी, ७५ वर्षिय लिलानाथ योगी घाइते भएको प्रहरी प्रवक्ता खनालले जानकारी दिनुभयो ।
यस्तै बागचौर नगरपालिका –९ का २३ वर्षिय मनिषा भण्डारी, छत्रेश्वरी–२ दहखोलाका २२ वर्षिय अन्जना गिरी, रोल्पाको गंगादेव गाउँपालिका–३ का डाँडापोखरीका ५८ वर्षिय दिलकुमारी खड्का घाइते हुनुभएको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै घाइते सबैको थारमारेमा रहेको जनप्रिय अस्पतालमा उपचार भइरहेको छ । रोकिराखेको बस अचानक दुर्घटनामा परेको प्रहरी प्रवक्ता खड्काले बताउनुभयो । सोहि ठाउँमै ओरालो सडकमा टिप्पर दुर्घटना भएको र बाटो साघुरो देखेपछि साइट हेर्न बस चालक ओरालोमा गाडीलाई गेरमै राखेर बाहिर गएको समयमा बस दुर्घटनामा परेको हो । बसमा ३०÷३१ जना सवार रहेको प्रहरीले जनाएको छ ।
