श्रवण बस्नेत शुक्रबार, साउन ०९, २०७७

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर १ नर्ति स्थित महेन्द्र राजमार्ग सडक मर्मतकाे माग गरेर सडकमै केराकाे बाेट राेपेको दुई दिन भित्रमै सडक मर्मत गर्ने कार्य सुरु भएको छ ।लमहि-नर्ति सडक खन्डको राजमार्ग धेरै जिर्ण भएको र लामाे समय सम्म पनि संम्बन्घित निकायले ध्यान नदिएको भन्दै बिराेघ स्वरुप केराकाे बाेट राेपेकाे घटनाले मिडियामा चर्चा पाए पछि सडक बिभागले चासो देखाएको हाे । बुधबार मात्रै लमहि १ नर्तिमा स्थानीयले दुईवटा केराकाे बिरुवा राेपेका थिए ।सडक जिर्ण भए पछि अाज शुक्रबार देखि राप्ती गा,पा,काे पाखापानिदेखि मर्मत कार्य सुरु गरिएको सडक बिभाग का एक कर्मचारीले बताउनुभयो । उक्त सडककाे कालेपत्र गर्ने कार्यकाे ठेक्का पनि परिसकेको भन्दै विश्व ब्यापि रुपमा फैलिरहेकाे कोरनाको प्रभाबले ठेकेदारले कार्य नगरेकाे भन्दै देशमा परिस्थिति सहज भए पछि कार्य गरिने सडकबिभागका कर्मचारीले बताउनु भएको छ । सडकमा कार्य गर्ने सबै भारतीय मुलुकबाट अाउने ब्याक्तीहरु रहेकाले साे कार्य ढिलाइ भएको पनि उहाँले खुलासा गर्नु भएको छ । सडक मर्मत कार्य २५ किलाे मिटर मात्रै हुने छ । जुन लमहि देखि पाखापानि सम्म मात्रै टालटुल पारिने छ । याे संग संगै उक्त सडक मर्मत गर्न थालेकाे ४ पटक भयाे । तर अहिले गरिएको मर्मत कार्य टिकाउ हुने पनि सडक बिभागले ठाेकुवा गरेकाे छ ।अहिले गरिएको सडक मर्मत कार्य इमर्जेन्सी कार्य रुपमा सडक बिभागले गरेकाे हाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]