
Gmk
Pbu
Gisld
mbd
Anm
Sds
Mbdvs
Ksm
Rbs

Rgu
Rsb
Pvg
Rgs
Gst
Bbbpu
Ggd
Tsm
Wsp
Ssm
nsb
Sbs
Ksm
Asm
Sls
Bbu
Hal
Rgu
Vor

Jmb
Rpp
Ptm
Gsb
bbt
Bml
Mks
Pls
Syp
Jmb
Rmb
Abd
sab
दाङ । स्व.नृत्य निर्देशक गोरनबहादुर चाैधरीको श्रद्धाञ्जली सभा कार्यक्रम मंगलबार उनकै निवास लमही नगरपालिका ६ लङडीमा सम्पन्न भएको छ । राष्ट्रिय थारू कलाकार मञ्च दाङको अायोजनामा सभा सम्पन्न भएको हो । मञ्चका जिल्ला अध्यक्ष शालिकराम चाैधरीको अध्यक्षता एवम् राष्ट्रिय थारू कलाकार मञ्चका केन्द्रीय सदस्य विर चाैधरीको प्रमुख अातिथ्यतामा भएको सभामा बोल्ने वक्ताहरूले एक असल, कर्मठ, इमानदार कलाकार गुमाएकोमा चिन्ता व्यक्त गर्दै उहाँले देखाएको बाटोमा हिड्न सुझाव दिनु भएको थियो। मञ्चका सदस्य होसहरण चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको सभामा थारू गायिका सोमती चाैधरी, म्युजिक कमेडीका डाइरेक्टर सुधराम चाैधरी र पत्रकार ओमप्रकाश गुप्ताले शोक मन्तव्य व्यक्त गर्नु भएको हो ।
स्व.चाैधरीको जिवनी बारे शिक्षक शेरबहादुर चाैधरीले जानकारी गराउनु भयो । भने कार्यक्रमको सञ्चालन मञ्चका सचिव राजेन्द्र चाैधरीले गर्नु भएको थियो । सभामा कपिलवस्तु, रूपन्देही, दाङ, बाँके, बर्दिया र कैलालीका कलाकारहरूको सहभागीता रहेको थियोे । स्व.चाैधरीको असार २३ गते ३८ वर्षको उमेरमा काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो । २०३९ कार्तिक १५ गते दाङ देउखुरीको लमही नगरपालिका ६ लङडीमा जन्मिनु भएका चाैधरीले थुप्रै गित तथा म्युजिकमा अभिनय, नेपाल टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम छमछमीमा समेत प्रतिस्पर्धा गरेका थिए र कोरियोग्राफरको काम समेत गर्नु भएको थियो । त्यस्तै उहाँले देश विदेशमा समेत अाफ्नो पहिचान गराइसक्नु भएको थियो भने पछिल्लो समय उनी नाचघर काठमाडौंमा नृत्य निर्देशकको काम गर्दै अाउनु भएको थियो ।
Aa
