
Djs
Gfs
pku
sbs
Pbu
Unsku
Ggp
Sgr
Lnp
Srbpu
Pes
Rgp
Rgp1
cjs

Pvg
Ssm
Hal
Gst
Tsm
Rgu
Wsp
Sbs
Bbu
Rsb
Vor
Asm
Rgu
Ksm
Rgs
nsb
Bbbpu
Sls
Ggd

bbt
Pls
Rpp
Syp
Mks
Bml
Gsb
Abd
sab
Jmb
Jmb
Ptm
Rmb
दाङ । चोरीका मोटरसाइकल बिक्री गर्दै आएको गिरोहका लागि यातायात व्यवस्था कार्यालयकै कर्मचारीको मिलेमतोमा नक्कली ब्लु बुक बन्ने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चोरीका मोटरसाइकल बिक्री गर्ने गिरोहका लागि यातायात व्यवस्था कार्यालय दाङका कर्मचारीले नक्कली ब्लु बुक उपलब्ध गराउने गरेका थिए ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङले चलाएको एउटा अपरेशनमा नक्कली ब्लु बुक बनाएर चोरीका मोटर साइकल बिक्री गर्ने १९ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालय दाङका कार्यलय सहयोगी ४८ वर्षीय कृष्ण वली रहेका छन् । उनी संग पक्राउ पर्ने अन्यमा दाङको तुलसीपुर उपमहानगर पालिका वडा नम्बर ६ का २१ वर्षीय अब्दुल हफिस सिद्धिकी,चक्रबहादुर वली,जीवन पोखरेल,विष्णु घिमिरे लगायतका छन् । प्रहरीका अनुसार पक्राउ परेका सिद्धिकी, वली,पोखरेल तथा घिमिरेबाट यातायात व्यवस्था कार्यालय दाङ लेखेको छाप,शाखा अधिकृतको छाप,विभिन्न व्यक्तिहरुको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि लगायतका कागजपत्र बरामद गरिएको छ ।
त्यस्तै,चोरीका १० वटा मोटरसाइकल सहित १४ जनालाई पनि प्रहरीले पक्राउ गरेर आइतबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । जसमा पक्राउ पर्नेहरुमा घोराही १३ का सन्जय परियार घोराही १४ का समीर सुनार,सुवास सार्की,केन्द्रबहादुर डाँगी,घोराही १६ का सागर हमाल र घोराही १७ का निरज योगि रहेका छन् । त्यसैगरी लमही ७ का धनिराम चौधरी,हेमन्त गिरी,पाल्टुराम चौधरी,प्रकाश चौधरी,राजपुर २ का रविप्रताब बुढा,राजकुमार यादव,प्रीयतम चौधरी र आयोजक चौधरी चोरी गरेको मोटरसाइकल सहित पक्राउ परेका हुन् ।उनिहरु विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने र नम्बर प्लेट परिवर्तन गरेर बेच्ने समेत गर्दै आएको खुलेको प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी गराउनु भएको हो ।
