
Ggp
Gfs
Srbpu
Pes
pku
Rgp1
Lnp
Rgp
Unsku
cjs
Djs
Pbu
Sgr
sbs

Pvg
Hal
Rgu
Bbu
Vor
Ssm
Wsp
Gst
Rgu
Rsb
Rgs
Sls
Ggd
Asm
Bbbpu
Sbs
Tsm
Ksm
nsb

bbt
Abd
Rpp
Jmb
Bml
sab
Mks
Syp
Jmb
Rmb
Pls
Ptm
Gsb
दाङ । रोटरी क्लब अफ दाङ घोराहीको सन् २०२० देखि २०२१ को अध्यक्षमा डा.चेतनारायण पाण्डेय चयन हुनु भएको छ । रोटरीले नवौँ पद हस्तान्तरण कार्यक्रमको आयोजना गरेर नयाँ कार्यसमितिलाई जिम्मेवारी दिएको हो । क्लवको उपाध्यक्षमा भरतराज देवकोटा,कोषाध्यक्षमा शरद अधिकारी,प्रेसिडेन्ट नोमिनाीमा ओबिन्द्र महरा, सचिवमा गजेन्द्र वर्मा,सह-सचिव रोशन दाहाल,मर्यादापालक संकल्प श्रेष्ठ चयन हुनु भएको हो । त्यसैगरी सदस्यता वृद्धि संयोजक दिनेश उप्रेती,टिआर कमिटी चिफ प्रदीप मजगैया, सर्भिस प्रोजेक्ट कमिटी चिफ प्रदिप सुवेदी,क्लब एडमिनिष्ट्रेशन कमिटी चियर पदमकुमार रेग्मी,पब्लिक इमेज कमिटी चियरमा बसन्तराज अधिकारी चयन हुनु भएको छ ।
त्यसैगरेर रोटरीको सन २०२१/०२२ को अध्यक्षमा राजिव उल्लाह खानलाई चयन गरेको छ । क्लबका निवर्तमान अध्यक्ष तिर्थ पौडेलको अध्यक्षता तथा रोटरी डिष्टिक ३२१२ का गभर्नर राजीव पोख्रेलको प्रमुख आतिथ्यता एंव घोराही उप-महानगरपालिकाका प्रमुख नरुलाल चौधरीको बिशिष्ट अतिथिमा भएको कार्यक्रममा नगर प्रमुख चौधरीले सामाजिक कार्यको लागि रोटरीसँग आफुहरु सहकार्य गर्न तयार भएको बताउनु भएको छ । रोटरीले सामाजिक क्षेत्रमा आफ्नो पहिचान कायम गरेको भन्दै नगर प्रमुख चौधरीले यसलाई थप प्रभावकारी बनाएर जान सुझाव दिनु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रका उपाध्यक्ष विपुल पोख्रेल,नेपाल जेसीजका पुर्व अध्यक्ष श्रीधर बस्याल, नेपाल पत्रकार महासघ दाङका अध्यक्ष सविन प्रीयासन,रोटरी एरिया गर्भनर टोपलाल पोख्रेल,रोटरी क्लब अफ तुलसीपुरका पुर्व अध्यक्ष तुफान बाबु श्रेष्ठ,रोटरीका पुर्व एजी कुशल तर्ताल,रोटरी क्लब अफ लमहीका अध्यक्ष रबिलाल आचार्य, लायन्स क्लब अफ घोराही सिटीका अध्यक्ष बिमल श्रेष्ठ, रोटरी क्लबका पुर्व अध्यक्ष प्रकश श्रेष्ठ र नयाँ सदस्य शिशिर अधिकारी लगायतकाले बोल्नु भएको थियो भने कार्यक्रमको सहजिकरण क्लबका निबर्तमान सचिव प्रदिप मज्गैयाले गर्नु भएको थियो।
