
Ggp
Srbpu
Rgp
Pbu
Sgr
pku
Lnp
Unsku
Rgp1

Asm
Sls
Rgu
nsb
Wsp
Bbu
Hal
Ggd
Ssm
Bbbpu
Gst
Rgu
Ksm
Rsb
Sbs
Vor
Rgs
Pvg
Tsm

Syp
Gsb
Rpp
bbt
Abd
Bml
Jmb
Jmb
sab
Ptm
Mks
Pls
Rmb
दाङ । स्थानीय तह निर्वाचनमा शुक्रबार भएको मतदानमा दाङमा ७० दशमलव १० प्रतिशत बढी मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालय दाङले दिएको जानकारी अनुसार जिल्लामा ७० दशमलव १० प्रतिशत मत खसेको बताएको छ । जिल्लामा ४ लाख ९ हजार ९०२ मतदाता मध्य करिब ७० प्रतिशत मात्रै खसेको हो ।
जिल्लामा दश पालिका र ९९ वडाका मतदान भएको थियो । जसमध्य घोराही उपमहानगरपालिकामा ६७ दशमलव ७६ प्रतिशत, तुलसीपुरमा ६८ दशमलव ८९ प्रतिशत, लमहीमा ७४ दशमलव ४७ प्रतिशत, राजपुरमा ७४ दशमलव ९० प्रतिशत, गढवामा ७२ दशमलव ६४ प्रतिशत, राप्तीमा ७२ दशमलव ४१ प्रतिशत, बंगलाचुलीमा ६७ दशमलव २७ प्रतिशत, दंगीशरणमा ७२ दशमलव ७३ प्रतिशत, शान्तिनगरमा ७० दशमलव ९४ प्रतिशत र बबईमा ६९ दशमलव ७५ प्रतिशत मत खसेको छ ।
