
Msbus
Asbus
Sdc
Ksbus
Lnp
Rgp
Ggp
Ggp
Ksbus

दाङ।देउखुरीको राप्ती नदी उत्खनन कार्य रोक्न र कृत्रिम वन बनाउन वृक्षारोपण अभियान सुरू गरिएको छ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ कठाहामा रहेको समाज सुधार युवा क्लवको आयोजनामा शनिबार गाउँको दक्षिण तर्फको राप्ती नदी बगरमा वृक्षारोपण अभियानको सुरूवात गरिएको हो । सो अभियानको उद्घाटन राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापाले विरूवा रोपेर गरेका थिए । राप्ती सव डिभिजन वन कार्यालय मसुरीया दाङले उपलब्ध गराएको खयर, सिमल, सिसाै, सिरिस, बकाइनो, जावुन गरि ३ हजार विरूवा ३ हेक्टर क्षेत्रफलमा रोपण गरिएको क्लवका संरक्षक बुद्विराम चाैधरीले जानकारी दिएका छन् ।
क्लवका पदाधिकारी र स्थानीय गाउँलेहरूको सहभागीतामा वृक्षारोपण गरिएको हो । राप्ती नदी बगरमा ढुङ्गा, बालुवा, गिट्टी उत्खनन तथा घाटगद्दी गर्ने कार्य नरोकिए पछि राप्ती नदीको संरक्षण पनि हुने र कृत्रिम बन समेत बन्न गई मानव जातीलाई समेत फाइदा हुने भएकाले वृक्षारोपण अभियानको थालनी गरिएको क्लवका संरक्षक चाैधरीले बताएका छन् ।वृक्षारोपण कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगतबहादुर थापा, ३ नम्बर वडा अध्यक्ष चन्दर चाैधरी, वडा सदस्य बसन्त नेपाली, राप्ती सव डिभिजन वन कार्यालय मसुरीयाका वन रक्षक दिपक झा, कठाहा गाउँका अध्यक्ष लालबहादुर चाैधरी, समाज सुधार युवा क्लव कठाहाका अध्यक्ष अनिता चाैधरी, सुर्य सामुदायिक वनका अध्यक्ष सुर्यप्रसाद श्रेष्ठ, समाजसेवी तथा बुद्धिजीवीहरू धर्मराज अधिकारी, श्यामेश चाैधरी, कृष्णबहादुर गिरी, पत्रकार ओमप्रकाश गुप्ता लगायतको सहभागीता रहेको थियो ।
Aa
