Sidha Patra शनिबार, बैशाख २४, २०७९

दाङ । यही बैशाख ३० गते हुने पालिका तह चुनावको तयारीस्वरुप दाङको बंगलाचुली गाउँपालिकामा आज नमूना मतदान गरिएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङको आयोजनामा दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मुर्कुटीमा नमूना मतदान कार्य सम्पन्न गरिएकोहो ।

नमूना मतदानमा विभिन्न स्थानबाट आएका ६४ जनाले मतदान कार्यमा भाग लिएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । जसमा संयुक्त गठबन्धन तर्फका ५ वटा नमूना मतपत्रमा बदर देखिएको प्रदेश निर्वाचन कार्यालय दाङका शाखा अधिकृत रेवतबहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश निर्वाचन कार्यालयले दाङको एकमात्र ठाउँमा नमूना मतदान गर्ने योजना स्वरुप दाङको विकट पालिकाको रुपमा रहेको बंगलाचुली गाउँपालिकालाई छनौट गरिएको हो । जहाँ गरिएको नमूना मतदानबाट यस पटको निर्वाचनमा बदर मतको संख्या कम हुने आशा राखिएको उहाँले बताउनुभयो ।

नागरिकले एकपटक पालिका तहको चुनावमा भाग लिइसकेको र निर्वाचन आयोग तथा दलका उम्मेद्वारहरुबाट विभिन्न तहबाट मतदाता शिक्षाको कार्यक्रमहरु सञ्चालन गरिरहेको हुँदा बदर मतको संख्यामा कमि देखिएको शाखा अधिकृत बुढाथोकीले जानकारी दिनुभयो ।

नमूना मतदान कार्यक्रममा प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायण प्रसाद भण्डारी,शाखा अधिकृत रेवतबहादुर बुढाथोकी, सूचना अधिकारी गेहेन्द्र कुवर ,बंगलाचुली गाउँपालिकाका प्रुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेय,लगाएतको सहभागिता रहेको थियो ।

नमूना मतदान कार्यक्रममा बंगलाचुली गाउँपालिकामा संयुक्त गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेद्वार तुलसीराम पुनमगर शुवास,उपाध्यक्ष पदका उम्मेद्वार भक्तबहादुर जिसीले समेत भाग लिनुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]