
Djs
Lnp
Ggp
Rgp1
sbs
Srbpu
Pes
Rgp
Unsku
cjs
Pbu
pku
Gfs
Sgr

Hal
Ssm
Sbs
Pvg
Ggd
Wsp
Rsb
Rgu
Gst
Asm
Bbbpu
Rgu
Rgs
Bbu
Sls
Ksm
nsb
Tsm
Vor

Bml
Jmb
Abd
Ptm
Gsb
Rmb
Syp
Rpp
Pls
bbt
Jmb
Mks
sab
दाङ । देउखुरी (कोभिड-19)नामक कोरोना भाईरसले विश्वव्यापी रुपमा असर नगरेको कुनै क्षेत्र र प्रभाव नपारेकोस्थान (बिधा)रहेन । यसले नेपालमा पनि नपुरिने चोट दिएको छ। नेपालमा पनि मिति २०७६ चैत ११ गतेबाट सुरु भएको लकडाउनको कारण विद्यालय बन्द भइ लाखौँ बिद्यार्थीहरुको सिकाइलाई पुरै तवरले धरमराइदिएको छ,उनीहरु विद्यालय जानबाट बञ्चित छन । यस्तो कठिन र दर्दनाक अवस्थामा दाङ जील्लाको राजपुर गाउँ पालिका वडा नं ५ र ६ खयरभट्टी र रामनगर टोलमा हेको छ । जानुका बुढाथोकी,हिरा रावत तथा निर्मला सुनार आफ्नो बहुमूल्य समय गाउँमा भरखरै साना अक्षर चिन्न थालेका नानी बाबु हरुको निम्ति आफ्नो समय खर्च गरिरहनु भएको छ ।
गएको असार २१ गतेमा खयरभट्टी-रामनगर टोल सुधार समिति गठन भएर असार २७ गते सो समितिका अध्यक्ष नुमलाल सुनारको अध्यक्षता तथा राजपुर गाउँ पालिका वडा नं ६ का वडा सदस्य दिलमती वलीको प्रमुख आतिथ्यमा बसेको भेलाले निम्न निर्णयहरु गरेको हो । जस निर्णयमा प्रत्येक महिनाको १५ गते हूने सामूहिक भेलामा आपत्कालीन काम बाहेक जानकारी नदिइ अटेर गरि उपस्थित नहुने घरपरिवारलाई रु१०० कारबाही स्वरुप जरिमाना लिने त्यस्तै गाउँ भित्र दिउँसो ३:०० बजे देखि साँझ ७:०० बजे सम्म मदिराहरु किन-बेच गर्न र तोकेको समय सीमा भन्दा अघि वा पछि नियम उल्लंघन गरेमा पहिलो पटक रु ५०० र दोहोर्याई गरेमा थप कारबाही को प्रक्रिया अघि बढाउने,सामाजिक शान्ति खलल हुने गरि डिजे,स्पिकर,डेग बजाउन नपाइने र नियम उल्लंघन गरेमा पहिलो पटक रु ५०० तथा दोहोर्याई गरेमा थप कारबाही गरिने त्यसैगरी समाजभित्र र समाजभन्दा बाहीर बालविवाह जस्तो कानुनी व्यवस्थामा नै बर्जीत जघन्य अपराध मुलक कार्य गर्ने र गराउने दुबै पक्षलाई कारबाहीको लागि स्थानीय न्यायपालिका र प्रशासन संग समन्वय गरि निर्णय भएको छ ।
उहाँहरुको सराहनीय कार्यमा अब मैले पनि हाम्रो जिम्मेवारी बोध गरि गाउँका साथीहरुलाई यी स-साना नानी बाबुहरुको निम्ति केही गरौं भनि उत्साह दिएं। फलस्वरुप नानी बाबुहरुलाई सानो हौसलापूर्ण सहयोग गर्न हामीले मुठि खोल्यौं। नियमित रुपमा पढ्न भेला हुने १८ जना बालबालिका हरुलाई अभ्यास पुस्तिका खरिद गरेर १/१ थान त्यस्तै सीसाकलम १/१ थान र शिक्षिकाहरुलाई कालो र रातो कलम २/२ थान,ईरेजर ५ थान,सार्पनर ५ थान बितरण गर्यौँ। यस्तो महामारीको समयमा एक एक पैसा जगेर्ना गरेर राख्नुपर्ने समयमा यहाँहरुले आफुसंग भएको सानो थोकमा पनि उदारता प्रकट गरिदिनु भयो। तुलनात्मक रुपमा त यो सहयोग निकै सानो हो तर यसले ठूलो सन्देश दिनेछ।एउटा प्रचलित चिनियाँ भनाइ नै छ,बाबु-आमाहरुले रुख रोप्छन् र फल सोरुप नानी बाबुहरु शिक्षाको लागि छायाँ पाउँछन् ।
दाताहरुलाई मुरी मुरी धन्यवाद दिन चाहान्छौ । यस सामग्री हस्तान्तरण कार्यमा वडा नम्बर ५ खयरभट्टी रामनगर टोल सुधार समितीका अध्यक्ष नुमलाल सुनारले गर्नुभएको थियो भने वितरणको सहजिकरण सीड्स कार्यक्रम राजपुर गाउँपालिका वडा नं ६ का सामाजिक परिचालक प्रताप चौधरी ले गर्नुभएको थियो। यो कार्यमा सहयोग गर्नु हुने सहयोगी दाताहरु राजपुर गाउँ पालिका वडा नं ६ रामनगर टोलका भिम बहादुर बि. कले रु १०० सो गाउँपालिकाको वडा नम्बर ५ खयरभट्टीका प्रदीप रोकाले रु १००त्यस्तै सो वडाका दल बहादुर बि. कले रु ५०,सोही गाउँका सुकलाल सुनारले रु१००त्यसैगरी वडा नम्बर ६ का नुमलाल सुनारले रु १०० सो वडाका धन बहादुर बि कले रु १००,त्यस्तै वडा नं ५ खयरभट्टीका जित कुमार घर्तीले रु १००,सोही वडाका अमर बहादुर बि कले रु ५० सो वडाका टोपलाल रावतले १००,त्यसैगरी वडा नं ६ रामनगर टोलका प्रकाश नेपालीले रु १०० सोही वडाका अभिषेक नेपालीले रु १०० प्रदान गर्नु भएको हो ।
यो कार्यमा प्रत्येक्ष भुमिका निर्भा गर्नु हुने राजपुर गाउँपालिका वडा नम्बर ५ का समाजसेवी एवं बुद्धिजीवी जित कुमार घर्ती मगर र समाचार बनाउनमा अतुलनीय सहयोग गर्नु हुने हाल मलेसिया देखि दिल कुमार घर्ती मगर रहनु भएको थियो ।
