
Pbu
Sds
Gisld
Mbdvs
mbd
Rbs

Rgu
nsb
Sbs
Rsb
Ssm
Wsp
Asm
Rgu
Pvg
Ksm
Tsm
Bbbpu
Ggd
Rgs
Hal
Vor
Gst
Bbu
Sls

Jmb
Abd
Rpp
sab
bbt
Bml
Rmb
Gsb
Ptm
Jmb
Mks
Syp
Pls
दाङ । देउखुरी मुक्त कमैया समाज दाङले शुक्रबार २१ औं मुक्त कमैया दिवस एक कार्यक्रमको बीचमा भव्य साथ लमहीमा सम्पन्न गरेको छ । समाजका अध्यक्ष हरि चन्द चौधरीकाे अध्यक्षयता तथा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य इन्द्रजित थारुकाे प्रमुख अतिथि र प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य रेवती रमण शर्माको विशेष आतिथ्यमा संम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि सांसद चौधरीले मुक्त कमैया,भूमिहीन,सुकुम्बासीको समस्या समाधान गर्न पुरानो भूमि नीति खारेज गरेर नयाँ भूमिनीति कार्यान्वयन गरिने बताउनु भएको छ ।
त्यस्तै अर्का सांसद शर्माले मुक्त कमैया,भूमिहीन,सुकुम्बासीको समस्या समाधान गर्न सरकारले व्यवस्थित बसोवासको कार्यक्रम अघि सारेको बताउनु भएको छ । कार्यक्रममा विशेष अतिथिको शीत आसन ग्रहण गर्नु भएका सांसद शर्माले भूमिको समस्या समाधान गर्न सरकारले कदम चालेको बताउनु भएको हो । जो जहाँ बसिरहेको छ । त्यहीँ ठाउँमा एक पटकलाइ पुर्जा दिनेगरी काम हुदै छ’प्रदेश सभा सदस्य माननीय सांसद शर्माले भन्नुभयो । बसोवासको आधारमा पुर्जा दिनुपर्छ भनेर केन्द्रमा काम भैरहेको उहाँले बताउनु भएको हो ।
समाजका जिल्ला सचिब सुनरुपि चौधरीकाे स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा सहभागी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्मा र माननीय सांसद इन्द्रजित थारुलाइ विभिन्न माग समेटिएको ज्ञापन पत्र बुझाइएको छ । लागत लिन छुट मुक्त कमैयाहरुको तत्काल लागत लिन माग गरिएको छ । लागत लिएका मुक्त कमैयालाई यथासिघ्र परिचयपत्र वितरण गरि पुनर्स्थापना गर्न सरकार सक्षम माग राखिएको छ । जग्गा,घर निर्माणको लागि आवश्यक काठ र नगद तुरुन्त उपलब्ध गराउन अधिकार सम्पन्न राजनीतिक संयन्त्र निर्माण गरेर पुनर्स्थापनाको कार्य अघि बढाउनु पर्ने, मुक्त कमैया परिवारमा कम्तीमा एक घर एक रोजगार कार्यक्रम अनिवार्य लागू गर्नुपर्ने लगायतका माग राखिएको छ । मुक्त कमैया समाजका जिल्ला अध्यक्ष हरिचन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य टेकबहादुर रावत, गढवा–३ का वडा सदस्य छुकान चौधरी, पत्रकार दशरथ घिमिरे,श्रवण बस्नेत कमैया महिला जागरण समाजका अध्यक्ष कमलमपती चौधरी लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो ।
दाङका १७ जना मुक्त कमैयाले सरकारले पाँच कट्ठा जग्गाको पुर्जा दिएको छ । तर, ती मुक्त कमैयाले आफ्नो जग्गा चिन सकेका छैनन । राप्ती गाउँपालिकामा पाँच जना, लमही नगरपालिकामा १० जना र घोराही उपमहानगरपालिकामा २ जना गरि यस्तो समस्या भोग्ने मुक्त कमैयाको संख्या १७ रहेको छ । दाङमा परिचयपत्र प्राप्त गरेका १ हजार ४ सय २६ जना मुक्त कमैया छन । जस मध्य लालपुर्जा प्राप्त गरेका ६ सय ८८ जना मुक्त कमैया छन । सट्टा भर्ना गर्न बाँकी ४८ जना मुक्त कमैया रहेको मुक्त कमैया समाजका जिल्ला अध्यक्ष हरिचन्द्र चौधरीले जानकारी दिनु भयो । अझै जिल्लामा २ हजार चार सय ३६ मुक्त कमैयाको लगत लिन बाँकी छ ।
