अजय मिश्र/कपिलवस्तु बिहिबार, बैशाख १५, २०७९

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ कृष्णनगर हेल्थ पोष्टको हलमा कृष्णनगर नगरपालिकाको आयोजना, युनिसेफ नेपाल फिल्ड कार्यालय भैरहवाको सहयोगमा विद्यालय हरूमा गुनासो सुनवाई संयन्त्रको प्रभावकारिता पुनरावलोकन गर्न कृष्णनगर नगरपालिका भित्रका शिक्षकहरुसंग एक दिने छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत बलराम पन्थी, अतिथिमा युनिसेफ नेपालका प्रतिनिधि माधव बराल रहनुभयो । कार्यक्रममा बाल संरक्षण,बाल संरक्षण प्रवर्द्धन,बाल सहभागिता लगायतको बिषयमा युनिसेफ नेपालका माधव बरालले प्रकाश पारे साथै गुनासो सुनुवाइ के हो? गुनासो सुनुवाइको प्रक्रिया, सिफारिश तथा गोप्यनियता, गुनासो सुनुवाइको अभिलेख कसरी राख्ने,गुनासो सुनुवाइ सम्बनधमा स्थानीय तहको भूमिका लगायत कार्यक्रममा सहभागी हरूबाट उठेका जिज्ञासा हरूलाई बलराम पन्थीले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा २५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रम संचालन तथा अन्य व्यवस्थापनको भूमिका कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]