
Sgp
Rgp
Rgp
Ggp
Ggp
Rgp
lnp
Lks
Dbs
Rgp
Lnp
Asb
ksb
Pbu
Dus
Usb
Jns


कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका गरिब असहाय मजदूर लगायत बिपन्न २०० परिवारलाई राष्ट्रीय मदरसा संघको कार्यालय कृष्णनगरको भवनमा सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ।
गरिब,असहाय विपन्न लगायत प्रत्येक दिन ज्यालादारी रिक्सा तरकारी बिक्री लगायत बिभिन्न किसीमका मेहनत गरि पैसा कमाएर आ आफ्नो परिवारको पेट भर्दै आएका श्रमिक गरिब मजदूरहरु, गरिब परिवारको घरमा कोई भोकै नरहोस भन्ने भावनाका साथ हामी ले २५ किलो चामल,३ रहरको दाल,५ किलो पिठो,३ लि.तेल ,नून, ३ किलो चिनी,सेवंती,३ किलो चना लगायत खाद्यान्न समाग्री वितरण गरेको राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफीले बताए।
पवित्र रमजान महिनामा गरिब ,असहाय लाई राष्ट्रीय मदरसा संघ नेपालले हरेक सम्भव सहयोग दिने तयार रहेको मदरसा संघका राष्ट्रीय महासचिव मौलाना मशहुद खां नेपालीले प्रतिबद्धता समेत जनाए।
उक्त राहत सामग्री वितरण कार्यक्रममा राष्ट्रीय मदरसा संघका उपाध्यक्ष शैख जैस मक्की, सल्लाहकार जहिर अहमद बरेलवी, मोहम्मद मुस्लिम,असरफ खान लगायतको उपस्थित रहेको थिथो ।
