सागर थापा मंगलबार, बैशाख १३, २०७९

दाङ । भर्खरै सरुवा भएर आउनु भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झभेन्द्र परियारले ट्राफिक प्रहरीको मुख्य काम दुर्घटना न्यूनीकरणमा पहिलो प्राथमिकता हुने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङबाट सुरुवा भएर जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा आउनु भएका ट्राफिक प्रमुख झभेन्द्र परियारले सडक दुर्घटना न्यूनीकरणमा पहिलो प्राथमिकता दिने बताएका छन । ट्राफिक न्यूनीकरणका लागि सचेतना मुलक कार्यक्रमहरु निरंतरता ट्राफिक नियमको कडाई गर्ने बताएका हुन ।

‘सडक दुर्घटना न्यूनीकरणका लागि सवैभन्दा पहिले सचेतना मुलक कार्यक्रम गर्नेछौ, त्यसका लागि हामीलाई सवैको सहयोग आवश्यक रहन्छ’ ट्राफिक प्रमुख परियारले ‘सचेतनामुलक कार्यक्रम गर्दा पनि अटेर गर्ने हरुलाई कारवाही गछौं । ट्राफिक प्रहरीले मात्रै चाहेर दुर्घटना न्यूनीकरण गर्न नसक्ने बताए । ओभरलोड बोक्ने टिप्परका कारण सडकको अवस्था कमजोरसँगै दुर्घटनाको जोखिम बढाउने भन्दै यसलाई रोक्ने बताए ।

त्यसैगरी बजार क्षेत्रमा ट्राफिक संकेत राख्नका लागि समेत सम्वन्धीत निकायसँग छलफल भैरहेको बताए । दाङका जिल्लाका मुख्य बजारका सडकहरुमा ट्राफिक संकेत राख्ने विषयमा नगरपालिकासँग छलफल भएको उहाँले बताए । सडकमा पछि राख्ने र निर्माण भैसकेको सडकमा ट्राफिक संकेत राखौ भन्ने कुरा राखेका छौ ।’ सहरी क्षेत्रका सडकमा ट्राफिक संकेत राख्न सके दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने दाङ ट्राफिक प्रमुख परियारले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]