
Asbus
Ggp
Sdc
Rgp
Ksbus
Lnp
Ggp
Ksbus
Msbus

दाङ । देउखुरीको डिभिजन वन कार्यालय (देउखुरी)दाङको सहयोग तथा बेला सब-डिभिजन वन कार्यालयको स्थलगत प्राबिधिक सहयोग र सुपरीबेक्षण राजपुर गाउँपालिका वडा नम्बर ५ नौसहरा स्थिति मैनिहवा सामुदायिक वन उपभोक्ता समुहको नमुनायोग्य समन्वय,सहकार्यमा सोमबारदेखि वन क्षेत्र भित्र पर्ने राप्ती नदी छेउको १० हेक्टर खाली चौरमा १६ हजार वृक्षारोपण कार्य सुरु भएको छ ।
समुहका अध्यक्ष अम्मर बहादुर बोहरा र बेला सब डिभिजन वन कार्यालयका साहयक वन अधिकृत टेकन प्रसाद आचार्यको प्रमुख उपस्थिति एवम् सो समुह भित्रका उपभोक्ताहरुको सक्रियतामा उक्त दश हेक्टर खाली चौरमा टेकतोना गरान्डिस,महुवा, मधुका इन्डिका,सतिसाल,डालबेरगिए लातिफोलिए लगायतका १६ हजार प्रजातीका बृक्षारोपण कार्य सुरु गरिएको अधिकृत आचार्यले सिधा पत्रलाई जानकारी गराउनु भएको हो ।
