
lnp
Rgp
Usb
Rgp
Rgp
Asb
ksb
Rgp
Pbu
Ggp
Jns
Lks
Sgp
Dbs
Dus
Lnp
Ggp


दाङ । दाङको देउखुरीबाट कर्तव्य ज्यान मुद्दाका फरार २ अभियुक्तहरूलाई प्रहरीले १९ वर्ष पछि पक्राउ गर्न सफल भएको छ।
इलाका प्रहरी कार्यालय भालुवाङमा नयाँ प्रहरी प्रमुखको रूपमा सुजनविक्रम शाह आएपछि प्रहरी निरिक्षक शाहकै पहलमा प्रहरीले एकपछि आर्को सफलता हात पार्दै आएको छ ।
प्रहरी निरिक्षक शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्पुर स्थित आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्था राप्ती गाउँपालिका ३ बसन्तपुर बस्ने वर्ष ६९ का शुकदेव प्रसाद चाैधरी र वर्ष ७१ का सहदेव प्रसाद चाैधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् ।
२०५९ माघ ७ गते बेलुका जाहेरवालाको बुवा महाबीर चौधरीलाई कर्तव्य गरि मारेर ती २ अभियुक्त फरार भएका थिए । पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत घोराही दाङबाट ५ दिनको म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
