मेगमन बुढा आइतबार, आषाढ २८, २०७७

दाङ । देउखुरी क्षेत्र नम्बर १ मा गएको चुनावी माहुल तातिएको थियो । उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त थिए । त्यतिबेला प्रचार गर्न गाउँ-घर तिर जादा हरेक घरमा खरको छानो देखिन्थ्यो । त्यतिखेर दाङ क्षेत्र नम्बर १ देखि प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार बन्नु भएका माननीय मेटमणी चौधरीको अन्य नारा सहित नयाँ नारा थपियो । जुन नारा सुनेर कतिपय हासे अनि विश्वास पनि गरेनन् । त्यो समय हुन त असम्भव पनि मानिन्थ्यो । यसो सोच्दा अचम्म पनि लाग्थ्यो । तर आज जुनबेला असम्भव र अचम्म लागेको थियो ।त्यो पूरा हुने समय आयो । आफुले चुनावको समय जनतालाई दिएको आश्वासन र आफ्नो अनौठो नारा पूरा गर्ने समय यतिबेला ठ्याक्कै आएको दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य माननीय मेटमणी चौधरीले सिधा पत्र संग बताउनु भएको छ ।

सुरक्षित नागरिक आवास,खरको छानो विस्थापन गर्ने कार्यक्रम अन्तरगत टिनको छानो लगाउन आर्थिक वर्ष २०७७/०७८ मा ७ करोड ६६ लाख बजेट आफुले विनियोजन गरेको प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युष्टि पार्टी नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका चौधरीले बताउनु भयो । नागरिक सुरक्षित आवास कार्यान्वयन कार्यविधि २०७५ अनुसार खरको छानो बिस्थापन गर्ने कार्यक्रममा सांसद चौधरीको पहलमा दाङ क्षेत्र न, १ अन्तरगतका सम्पूर्ण स्थानीय तहहरूमा टिनको छाना लगाउने कार्यक्रम आर्थिक वर्षमा १५ सय ३२ घरधुरीमा टिनको छाना लगाइने सांसद चौधरीले बताउनु भएको छ ।

जसका लागि लमही नगरपालिकामा ३ सय ४७, गढवा गाउँपालिकामा ३ सय ९७, राप्ती गाउँपालिकामा २ सय ४७, राजपुर गाउँ पालिकामा ३ सय २९ र घोराही उपमहानगर पालिकाको वडा नं. १, २ ३,५ मा २ सय १३ सो कार्य संचालन गरिने सांसद चौधरीले बताउनु भएको हो । यस्तै सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत साउन महिना देखि घर बनाउन सुरु हुने र यो आर्थिक वर्षमा ५ हजार घर बनाउने तयारी रहेको प्रतिनिधिसभा सदस्यको सचिवालयले जानकारी दिएको छ । यस कार्यक्रममा पहिलो प्रथामिकतामा एकल महिला, दलित,पछाडि परेका समुदायलाई राखिएको सचिवालयले बताएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]