ओमप्रकाश गुप्ता/भालुवाङ शुक्रबार, बैशाख ०९, २०७९

दाङ । दाङको देउखुरीबाट लागु औषध (गाजा ) सहित २ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.२ कुमारगढी बस्ने अन्दाजी बर्ष ३७ का सदिल मिया र राप्ती गाउँपालिका वडा नं.९ घोसखोला बस्ने अन्दाजी बर्ष ४५ का शिव मोहोमद मिया रहेका छन् ।

बिहीबार बिहान ११ बजेको समयमा राप्ती गाउँपालिका वडा नं. ९ कोईराले भन्ने स्थानबाट उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोट क्षेत्रमा लागु औषध (गाजा ) कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक शाह सहितको प्रहरी टोली उनीहरूलाई पक्राउ गरेको हो ।

देवीकोट- माैरीघाट सडक खण्डको कोइराले भन्ने ठाउँमा रा.३ प. ८३५ नम्बरको मोटर साईकलमा दुई जना मानिस सवार रही शंकास्पद रुपमा देबिकोटबाट मौरीघाट तर्फ आइरहेको अवस्थामा फेला पारी निजहरुलाई रोकी सोधपुछ गर्दा निजहरुले प्रयोग गरेको मोटर साईकलको लेग-गार्डमा झुण्ड्याई राखेको कालो रंगको प्लाष्टिकको पोका १, शिव महमद मियाले पछाडी बोकेको कालो रंगको झोला चेकजाँच गर्दा झोला भित्र हेर्दा लागु औषध (गाँजा) जस्तो देखिने बस्तु चार किलो पाँच सय चौरानब्बे ग्राम, नेपाली बाह्र हजार नगद, रेडमिन कम्पनीको मोबाईल १ थान, रा.३ प. ८३५ नम्बरको मोटर साईकल १ थान र शिव महमद मियाको साथमा लाभा कम्पनीको मोबाइल १ थान बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई शुक्रबार जिल्ला अदालत घोराही दाङबाट ५ दिनको म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]