शिबु खनाल/लमही शुक्रबार, बैशाख ०९, २०७९

दाङ । दाङको एक मज्जितमा अपरिचित व्यक्तिको समुहबाट आक्रमण हुँदा एक जना गम्भीर घाइते भएका छन् भने सात जना सामान्य घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाले जानकारी दिए ।

शुक्रबार दिउँसो करिब एकबजे लमहीका स्थानीय मुस्लिम समुदायहरूले अहिलेसुनन्त फैजाने रजा मज्जितमा नवाज पढिरहेको बेला एक्कासि बाहिरबाट आएका अपरिचित व्यक्तिहरूको समुहले मज्जित परिसरमै धारिलो हतियार र ईटा प्रहार गर्दा आठजना घाइते भएको प्रहरी प्रमुख थापाले बताए ।

त्यस्तै घाइते मध्ये एकजनाको टाउको गम्भीर चोट लागेको छ । हतियार प्रयोगबाट लमही नगरपालिका वडा नम्बर ५ निवासी ६४ वर्षिय गुठे कुरेसि, सोहि वडा निवासी ३३ वर्षिय अरसद अलि, सवविर अलि, ५२ वर्षिय मोहम्मद कासिम, २९ वर्षिय सकिल अलि, ६५ वर्षिय दिल मोहम्मद मिया, २५ वर्षिय कमाल अलि, ४२ वर्षिय मोहम्मद याकदिन अलि घाइते हुनुभएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइतेहरू मध्ये चारजनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य चारजनाको जानकी मेडिकलमा उपचार भइरहेको छ । अपरिचित व्यक्तिहरू प्रहार रहेको र उनिहरू बारे अझैसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]