
Tgp
Usb
Ssb
Rks
Ksb
Csb
Bsn
Nsb
Fmb
Ksb
Rsb
Ksb
jsb
Gsb
Ssb
Ppu

Ssb
Tsb
Hl1
Usb
Gsb

Nps
ptl
Rgu
कपिलवस्तु । वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले आज कपिलवस्तु सहित देशका ७ सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । सोही क्रममा कपिलवस्तु जिल्लाको कृष्णनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
आज देखि उक्त कार्यालयको जिम्मेवारी सम्हालेका कृष्णनगर नगरपालिकाका मुख्य निर्वाचन अधिकृत सुमन पाण्डेले अब बैशाख ३० गते सम्म निर्वाचन सम्पन्न गर्नका लागि सबै जिम्मेवारी पालिका भित्र बसी पुरा गर्ने छन् । बैशाख ११ उमेद्धारहरुको उमेद्धारी दर्ता प्रक्रिया सुरु भएसँगै बैशाख ३० सम्म निर्वाचन आयोगले तोकेको तालिका अनुसार सबै कामहरुको जिम्मेवारी निर्वाचन अधिकृतको रहने जानकारी गराइएको छ ।
कृष्णनगरमा कार्यालय स्थापना संगै कार्यक्रमको आयोजना गरि कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल, लगायत अन्य जन प्रतिनिधि, विभिन्न पार्टीका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागितामा उपस्थित हरूबाट उठेका निर्वाचन सम्बंधि जिज्ञासाको कृष्णनगरमा निर्वाचन अधिकृत सुमन पाण्डेले सहजीकरण गर्नुका साथै निर्वाचन आचारसंहिताका विषयमा अन्तक्रिया गर्दै जानकारी प्रदान गरिएको पनि पाण्डेले जानकारी दिनु भएको थियो भने कार्यक्रमको संचालन ईश्वरी प्रसाद पौडेलले गर्नुभयो ।
