
Rgp
Usb
Lnp
Jns
ksb
Lks
Dus
Sgp
Ggp
Dbs
Ggp
Pbu
lnp
Rgp
Rgp
Asb
Rgp


दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले आसन्न बैशाख ३० गते हुन गईरहेको स्थानीयतहको निर्वाचन सफल बनाउन पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
राप्ती प्रेस मञ्चको आयोजना एवम् राप्ती गाउँपालिकाको सहयोगमा बिहिबार देउखुरीको मसुरियामा आयोजित स्थानीयतह निर्वाचन आचारसंहित सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका अध्यक्षले स्थानीयतहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न पत्रकारहरुले निष्पक्ष तथा स्वतन्त्र भएर कलम चलाउनु पर्ने बताए । उनले निर्वाचनका समयमा पत्रकारहरुले कुनै पार्टी बिशेष नभई एक जिम्मेवार पत्रकार भएर समाचार सम्पेषण गर्न सुझाब दिए ।
अध्यक्ष सुवेदीले पत्रकारको सानो लापार्वाहीले समाजमा नकरात्मक सन्देश जाने र त्यसले व्यक्ति र समाजमा नै ठुलो असर पुर्याउने भएकोले सत्यतथ्य बुझेर मात्र समाचार लेख्न अनुरोध समेत गरे ।
मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यमा भएको अभिमुखीकरण कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले निर्वाचनका समयमा पत्रकार र मिडियाले अपनाउनु पर्ने सावधानी, जिम्मेवारी तथा निर्वाचनमा पत्रकार आचारसंहिता लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।
यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले निर्वाचनका समयमा पत्रकारहरुले कसरी समाचार संकलन, रिपोटिङ्ग, समाचारका स्रोत लगायतका बिषयमा प्रशिक्षण दिएका थिए भने राप्ती गाउँपालिकाका निर्वाचन अधिकृत हेमराज अर्यालले निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिता, आचारसंहिता कार्यान्वयनको अवस्था, आचारसंहित उल्लघन गरेको खण्डमा हुने कार्वाही लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।
मञ्चका बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा मञ्चका सचिव भिसुन शाही र कोषाध्यक्ष अंशु बोहरा लगायतका बक्ताले यो सिकाई पत्रकारहरुका लागि एकदमै महत्वपूर्ण भएको बताएका थिए ।
मञ्चका प्रथम उपाध्यक्ष बासुदेव न्यौपानेले धन्यबाद गरेकाे कार्यक्रममा राप्ती गाउँपालिकामा कृयाशिल २० जना बढी पत्रकारहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

