Sidha Patra बिहिबार, बैशाख ०८, २०७९

दाङ । विहिवार विहान घोराहीमा रहेको भरतपुर खेलकुद मैदानमा अरु दिनको फरक दृश्य देखिएको थियो करिव ६ बजेको थियो व्यवसायीक नेतृत्व कसैले खाली बोरा समाएका थिए । कसैले हातमा फालेका पानीका बोटलहरु,शुद्ध प्लसका खोस्टा, जुसका बट्टा, फुटेका सिसा उठाइ रहेका थिए ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले आफनो स्थापना दिवस तथा साधारण सभाको अवसर पारेर आयोजना गरेको घोराहीको भरतपुर खेलकुद मैदानमा उनीहरु यसरी सहभागि भएका थिए । सधै आफ्नो पसल तथा आफ्ना वरिपरि सरसफाइ गर्ने व्यवसायीका नेतृत्वहरु विहान भरी भरतपुर खेल मैदान सरसफाइ गर्ने मै व्यवस्त थिए ।

मैदानमा सरसफाइ नहुदा फोहोरका थुप्राहरु रहेका थिए । स्थापना दिवसको अवसरमा विभिन्न रचनात्मक क्रियाकलापकहरु सञ्चालन गदै आएको संघले खेलकुद मैदान गरेको हो । सबैले लेखकुद प्रतियोगीता आयोजना गर्न मैदानमा फोहोर भएको कारण आफुहरुले सरसफाइ गरेको सरसफाइ समितीका संयोजक तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीले जानकारी दिए ।

‘व्यवसायीहरु व्यवसाय मात्र नभइ रचनात्मक काममा पनि नेतृत्व लिएर अगाडि बढने गरेका छन् ’ उनले भने । व्यवसायीहरु व्यवसायमा मात्र नभइ सामाजिक कार्यमा पनि सहभागि हुने गरेको कार्कीले बताए । विभिन्न प्रतियोगीता आयोजना गर्ने ठाउ भए पनि धेरैको ध्यान पुग्न नसकेको कारण आफुहरुले सरसफाइ गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिह वुढाथोकीले बताए । प्रतियोगीता सञ्चालन गर्ने स्थान सबै मिलेर सफा राख्नु पर्ने उनले बताए । ‘हामीले गरेको फोहोर हामीले नै सफा गर्ने हो यस तर्फ सबैको ध्यान दिनु पर्दछ’ अध्यक्ष वुढाथोकीले भने ।

उद्योग वाणिज्य संघ विगत देखि नै सरसफाइ अभियानमा लागि परेको उनले बताए । सरसफाइमा संघका अध्यक्ष टंकसिंह वुढाथोकी, संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्की, संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेल, संघका सचिव नरेशकुमार श्रेष्ठ, सदस्यहरु माधव खानाल, लिलाराम खड्का, देवकला वस्नेत, विकास वली, विनोदप्रसाद पाण्डे तथा संघका कर्मचारीहरुको सहभागिता रहेको दाङ जिल्ला उद्योग वाणिज्य संघका सञ्चार संयोजक अमरराज आचार्यले जानकारी दिए ।

संघले आफनो स्थापना दिवस तथा साधारण सभा यही बैशाख १० गते मनाउदै छ । यस अवसरमा संघले व्यवसायीहरु विच मैत्रीपुर्ण प्रतियोगीताहरु समेत आयोजना गरेको थियो । व्यवसायीहरु विच फुटवल, दौड, कुसी दौड, हाजिरी जवाफ प्रतियोगीता सम्पन्न गरि सकेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]