बुटवल । बैज्ञानिक वन व्यवस्थापनको कार्यविधि २०७१ लाई पुनः लागु गर्नु पर्ने माग राख्दै बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपाल, लुम्बिनी प्रदेशले सोमबार लुम्बिनी प्रदेश सरकारको वन,वातावरण तथा भु-संरक्षण मन्त्रालय र मुख्यमन्त्रीको कार्यलायमा धर्ना प्रदर्शन गरेको छ ।
विगत दुई-ढाइ वर्षदेखि निरन्तर नेपाल सरकारको जिल्ला स्तरीय डिभिजन वन कार्यालय,प्रदेशका वन,वातावरण तथा भु-संरक्षण मन्त्रालय एवं केन्द्रीय वन मन्त्रालयहरुमा बैज्ञानिक वन व्यवस्थापनको कार्यविधि २०७१ लाई कार्यनयन गर्न माग राख्दै पटकपटक ज्ञापनपत्र बुझाउदै आएको भएपनि झुठा आश्वासन दिने र मागको कुनै सम्बोधन नगरेपछि, यसरी धर्ना प्रदर्शन तथा आन्दोलनको पाटो अपनाउनु परेको बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष दिपक कुमार थापाले बताउनु भयो ।हामीले शान्तिपूर्ण वातावरणमा सरकारलाई पटकपटक कार्यालयमा पुगेर ज्ञापनपत्र बुझादाँ पनि त्यस पत्रलाई बेवास्तागरि हालसम्म कुनैपनि प्रतिक्रिया नदिपछि,यसरी कार्यालय घेराउ गरि धर्ना प्रदर्शन तथा आन्दोलन गर्नु परेको अध्यक्ष थापाले जानकारी दिनु भयो ।
यसैगरी उक्त धर्ना प्रदर्शन कार्यक्रममा उपस्थिति हुनु भएका केन्द्रीय अध्यक्ष रेणु सेनले आफुहरु आफ्नो ब्याक्तिगत स्वार्थकोलागि धर्ना प्रदर्शन तथा आन्दोलन नगरेको बताउनु भएको छ । नेपाल सरकार आफैले बैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ लागु गरेर देशभरका ७६५ वटा सामुदायिक वनको समुहकै खाताबाट लाखौं खर्च हुनेगरी धमाधम बैज्ञानिक वन व्यवस्थापन गराइ अर्बौंका काठ,दाउरा कटानमुछान गर्न लगायो । तर दुई राजनीतिक दलको आन्तरिक राजनीति प्रतिशोधका कारण केही मिडिया बाजीका साथ पश्चिम् कैलालीको घटनालाई आधार बनाइ बैज्ञानिक वन व्यवस्थापनको कार्यविधि २०७१ लाई एक जना मन्त्रीले आवेगमा आएर खारेज गर्दा समुहमा कटानमुछान भएका अर्बौंका काठ,दाउरा अहिले सडेर जान लागेको हुँदा आफुहरु यसरी आन्दोलनमा उत्रनुपरेको अध्यक्ष सेनले बताउनु भयो ।
एक दिने धर्ना प्रदर्शन तथा कोणसभा कार्यक्रमलाई सम्बोधन गर्न बुटवल पुग्नु भएका केन्द्रीय अध्यक्ष सेनले यो त एउटा सानो सन्देश मात्र दिएको बताउनु भएको छ । सरकारले हाम्रा मागहरु तत्काल सम्बोधन नगरे देश ब्यापीरुपमा देशैभरका ७६५ वटा समुहसंग सहकार्य गरि लाखौं उपभोक्ताहरुको जनसागर उर्लाएर प्रधानमन्त्रीको कार्यालय घेराउ गरि धर्ना प्रदर्शन तथा आन्दोलन गर्न बाध्य हुने समेत अध्यक्ष सेनले बताउनु भयो ।
महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष दिपक कुमार थापाको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष रेणु सेनको प्रमुख आतिथ्यता एवं महासंघका केन्द्रीय वरिष्ठ सल्लाहकार जयप्रकाश पाण्डेको विषेश अतिथिमा भएको धर्ना प्रदर्शन तथा कोण सभा कार्यक्रममा मन्त्रालयमा मन्त्रीहरु नभेटिएपछि,मन्त्रालयका सचिवहरुलाई बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालका केन्द्रीय सचिव दिल्लीराज रेग्मी र लुम्बिनी प्रदेशका सचिव टोपेन्द्र खड्काको नेतृत्वमा तपसिलको ज्ञापन पत्र बुझाइएको थियो । यस्तो छ ज्ञापन पत्र हेर्नुहोस त्यस्तै उक्त कोणसभामा लुम्बिनी प्रदेशका सचिव नरेन्द्र कुमार रानाले बैज्ञानिक वन व्यवस्थापनको लागि लुम्बिनी प्रदेशमा बनेको कार्यविधि अहिले केन्द्रको कार्यविधिसंग जुझेको हुँदा रायको लागि कानुन मन्त्रालय र अर्थमन्त्रालयमा पठाइएको जानकारी दिनु भएको छ ।
यस्तै उहाँले अहिले केन्द्रको कार्यविधि खारेज भएको हुँदा तत्काल वन नियमावली ल्याएर काम अघि बढाइएको र कानुन मन्त्रालय र अर्थमन्त्रालयबाट राय आउँदा बित्तिकै बैज्ञानिक वन व्यवस्थापनको काम अघि बढाउने बताउनु भयो ।
त्यस्तै उहाँले अहिले वन,वातावरण तथा भु-संरक्षण मन्त्रालयद्वारा तिब्रगतिमा नियमावलीको काम कार्य भइरहेकोले अब यसैगरी अर्कोपटक बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघलाई दुख नदिने बताउनु भयो ।आज मुख्यमन्त्री काठमाडौं काम विशेषले जानू भएको छ । उहाँ आउँदा बित्तिकै खबर पुर्याउछु तपाईहरु ढुक्क रहनुस सचिव रानाले भन्नू भयो । म लुम्बिनी प्रदेश सरकारको सचिवको हैसियतले यस विषयलाई प्रदेश सभा बैठकमा पहिलो ग्राहेता दिएर पेश गर्छु भनि प्रतिबद्धता जनाउनु भएको छ । हामी पनि यस कार्यविधिलाई अघि बढाउन तड्पर छौं किन भने समुहलाई मात्र होइन सरकारलाई पनि राजस्व आउँछ सचिव रानाले बताउनु भयो ।
लुम्बिनी प्रदेशको १२ वटा जिल्लामा रहेको २२८ वटा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सचिव लगायत हजारको हाराहारी सहभागी पदाधिकारीले विभिन्न माग सहितको नाराबाजी गरेर बुटवल बजार परिक्रमा गर्दै दुई मन्त्रालयमा धर्ना प्रदर्शन गरेका थिए । कार्यक्रममा बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता दाङ जिल्ला महासंघका अध्यक्ष बम कुमारी खड्का,रुपन्देही जिल्लाका अध्यक्ष सोमकान्त गौडेल लगायतका वक्ताले बोल्नु भएको थियो भने उक्त कोणसभा कार्यक्रमको संचालन लुम्बिनी प्रदेशका महासचिव होमबहादुर गुरुङले गर्नु भएको थियो ।