मेगमन बुढा आइतबार, बैशाख ०४, २०७९

दाङ । नेपाल मगर संघ लमही नगर कमिटीले हालै सम्पन्न १२ औं केन्द्रीय महाधिवेशनको शनिबार आफ्नो कमिटीद्वारा समिक्षा गरेको छ ।

लमही नगर कमिटीका अध्यक्ष जगत पुन मगरको अध्यक्षता तथा मगर संघ दाङ जिल्ला सदस्य किशोर कुमार घर्ती मगरको प्रमुख आतिथ्य एवं नगर भित्रका मगर संघका वडा अध्यक्ष र पदाधिकारीहरुको उपस्थितमा बसेको बैठकले गत चैत २५ गतेदेखि २७ गतेसम्म घोराहीमा संचालन भइ सम्पन्न भएको केन्द्रीय महाधिवेशनमा लमही नगर कमिटीले आफ्नो तर्फबाट महाधिवेशनलाई सफल बनाउन खेलेको भुमिका प्रति नगर कमिटीका पदाधिकारीसंग बैठक बसि समिक्षा गरेको हो ।

त्यस्तै नगर कमिटीको बैठकले हालै निर्वाचित केन्द्रीय नयाँ कार्यसमितिलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । बैठकले केन्द्रीय नयाँ कार्यसमितिलाई नेपालमा रहेका सम्पूर्ण मगरहरुको हक अधिकार सुनिश्चित गर्नको लागि बुलन्दका साथ आवाजहरु निरन्तर उठाउन आग्रह समेत गरेको नगर कमिटीका अध्यक्ष जगत पुन मगरले जानकारी दिनु भयो ।

यस्तै नेपाल मगर संघको केन्द्रीय महाधिवेशनलाई सफल बनाउन लमही नगर कमिटीलाई विभिन्न तह र तप्काबाट साथ सहयोग गर्ने सबै सहयोगी प्रति कमिटीले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

त्यसैगरी बैठकले यहीँ बैशाख १० गते नगर कमिटीको पुनःबैठक बसि आगामी दिनमा नगर भित्रका मगरहरुलाई जनचेतनामूलक प्रशिक्षणको माध्यमद्वारा चेतनशील बनाउन विभिन्न निकायसंग सहकार्य एवं समन्वय गरेर अघि बढ्ने निर्णय भएको अध्यक्ष पुन मगरले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]