टेकबहादुर पुन शनिबार, बैशाख ०३, २०७९

दाङ । प्रभु बैँक लिमिटेड रोल्पा शाखाको आर्थिक सहयोगद्वारा रोल्पामा नि:शुल्क स्वास्थ्य तथा दन्त शिबिर सम्पन्न गरिएको छ ।

रोल्पा हस्पिटल प्रा.ली. र रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो । रोल्पा नगरपालिका ३ खुमेलका स्थानियलाई मध्यनजर गर्दै शिबिरको आयोजना गरिएको हो ।

शिविरमा २ सय ९ जनाको चेकजाँच गरिएको छ । ती मध्य दन्त तर्फ ९० जना र स्वास्थ्य चेकजाँच तर्फ १ सय १९ जनाले सेवा लिएकाे प्रभु बैकं रोल्पाका शाखा प्रबन्धक सविन केसिले जानकारि दिए । सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत शिबिरको आयोजना गरिएको र आगामी दिनमा पनि जनजिवन संग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा बैकंले कार्यक्रम गरिरहने केसीको भनाई छ ।

शिबिरमा दाँत रोगी सँगसँगै निशुल्क स्वास्थ्य चेकजाँच गरिनुका साथै औषधी बितरण गरिएको थियो । शिबिरमा दन्त बिशेषज्ञ डा. आमिर हुसेन र स्वास्थ्य चेकजाच तर्फ बिशेषज्ञ डा. बालकृष्ण ज्ञवालीले स्वास्थ्य चेकजाँच गरेका थिए । स्वास्थ्य तर्फ इसिजि, ब्लड सुगर चेकजाच, रक्त समूह पहिचानफर निशुल्क औषधी वितरण गरिएको रोल्पा हस्पिटलका संचालक शिव प्रसाद आचार्यले बताए ।

हस्पिटलको पहुँचबाट टाढा भएका बिरामी हरुलाई गाउँमै पुगेर स्वास्थ्य सेवा दिएपछी स्थानिय खुसी भएका छन । बिकट बस्तीबाट हस्पिटल पुग्नुपर्ने बाध्यता पनि हटेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]