
Pbu
Lnp
cjs
Gfs
Unsku
sbs
Ggp
Rgp
Rgp1
Sgr
Pes
Djs
Srbpu
pku

Tsm
Ggd
Rgu
Rgs
Rsb
Sbs
Pvg
Hal
Sls
Gst
Wsp
Ssm
Bbu
Asm
Bbbpu
nsb
Ksm
Rgu
Vor

Jmb
Abd
Syp
bbt
sab
Bml
Rpp
Ptm
Gsb
Rmb
Jmb
Mks
Pls
दाङ । प्रभु बैँक लिमिटेड रोल्पा शाखाको आर्थिक सहयोगद्वारा रोल्पामा नि:शुल्क स्वास्थ्य तथा दन्त शिबिर सम्पन्न गरिएको छ ।
रोल्पा हस्पिटल प्रा.ली. र रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो । रोल्पा नगरपालिका ३ खुमेलका स्थानियलाई मध्यनजर गर्दै शिबिरको आयोजना गरिएको हो ।
शिविरमा २ सय ९ जनाको चेकजाँच गरिएको छ । ती मध्य दन्त तर्फ ९० जना र स्वास्थ्य चेकजाँच तर्फ १ सय १९ जनाले सेवा लिएकाे प्रभु बैकं रोल्पाका शाखा प्रबन्धक सविन केसिले जानकारि दिए । सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत शिबिरको आयोजना गरिएको र आगामी दिनमा पनि जनजिवन संग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा बैकंले कार्यक्रम गरिरहने केसीको भनाई छ ।
शिबिरमा दाँत रोगी सँगसँगै निशुल्क स्वास्थ्य चेकजाँच गरिनुका साथै औषधी बितरण गरिएको थियो । शिबिरमा दन्त बिशेषज्ञ डा. आमिर हुसेन र स्वास्थ्य चेकजाच तर्फ बिशेषज्ञ डा. बालकृष्ण ज्ञवालीले स्वास्थ्य चेकजाँच गरेका थिए । स्वास्थ्य तर्फ इसिजि, ब्लड सुगर चेकजाच, रक्त समूह पहिचानफर निशुल्क औषधी वितरण गरिएको रोल्पा हस्पिटलका संचालक शिव प्रसाद आचार्यले बताए ।
हस्पिटलको पहुँचबाट टाढा भएका बिरामी हरुलाई गाउँमै पुगेर स्वास्थ्य सेवा दिएपछी स्थानिय खुसी भएका छन । बिकट बस्तीबाट हस्पिटल पुग्नुपर्ने बाध्यता पनि हटेको छ ।

