Sidha Patra शुक्रबार, बैशाख ०२, २०७९

पाल्पा। पाल्पाको बल्ढेङगढीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ६ बल्ढेङगढीमा भएको बस दुर्घटनामा परि एक बालक सहित दुइ जनाको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

त्यस्तै बस दुर्घटनामा परि गाडी मालिक अन्दाजी ४० वर्षीय विजय सारू र ८ वर्षका एक बालको ज्यान गएको बताइएको छ । बालको परिचय खुल्न सकेको छैन । शुक्रबार दिउँसो लु १ ब ४९०२ नम्बरको बस पानीडाँडाबाट जुठातर्फ जाँदै गर्दा बस दुर्घटनामा परेको बल्ढेङगढी प्रहरी चौकीले जनाएको छ । प्रहरी चौकी बल्ढेङगढीका प्रमुख शिव कुमार यादवले बस दुर्घटनामा परेको पुष्टी गदै ६ जनालाई उपचारको लागि मिसन अस्पताल पठाइएको जानकारी दिनु भयो ।

यस्तै दुर्घटनाका घाईतेको स्थानीय र बल्ढेङगढी प्रहरी चौकीका प्रहरीले उद्धार गरेका थिए । घटना बारे थप अनुशन्धानको लागि जिल्लाबाट थप प्रहरी टोलि परिचालन गरिएको छ ।कामनाडेलि

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]