Sidha Patra शुक्रबार, बैशाख ०२, २०७९

दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको ५२ औ स्थापना दिवसको अवसरमा विभिन्न व्यवसायीहरु विच मैत्रिपुर्ण प्रतियोगीता हुने भएका छन् ।प्रतियोगीता शनिवारबाट सुरु हुने भएको छ । शनिवार विहान फुटवल प्रतियोगीता हुने फुटवल प्रतियोगीता उप समितीका संयोजक विकास वलीले जानकारी दिए ।

खेल विहान साढे ५ बजे वजे भरतपुर खेल मैदानमा हुने भएको छ । पहिलो खेल दाङ जिल्ला फोटोग्राफ एशोसियसन र मोवाइल व्यवसायी विच हुने भएको फुटवल प्रतियोगीता उप समितीका सदस्य माधव खनालले जानकारी दिए । त्यसैगरेर दोस्रो खेल शनिवार साँझ साढे ४ वजे रेडिमेट फेन्सी व्यवसायी र गल्ला किराना व्यवसायी विच हुने छ । प्रतियोगीतामा ६ वटा समुहको सहभागिता रहेको छ ।

यसैगरेर शनिवार विहान दौड प्रतियोगीता हुने दौड प्रतियोगीता आयोजना उप समितीका संयोजक विनोदप्रसाद पाण्डेले जानकारी दिए । व्यवसायीहरुलाई खेलको माध्यम बाट मनोरञ्जन, भेटघाट गराउने तथा आपसमा चिन जान गराउने उदेश्यले मैत्रिपुर्ण प्रतियोगीता आयोजना गरिएको संघका अध्यक्ष टंकसिंह वुढाथोकीे जानकारी दिए ।

कार्यक्रममा सहभागि हुनका लागि सम्पुर्ण व्यवसायीहरुलाई आग्रह गरिएको छ । संघको स्थापना दिवसको अवसरमा फुटवल प्रतियोगीता, दौड, कुसी दौड तथा हाजिरी जवाफ प्रतियोगीता आयोजना गरिएको प्रतियोगीता समितीका संयोजक रामप्रसाद पोख्रेलले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]